back
CTIZAN AD

आठौँ राष्ट्रिय खेलकुदको समापन हुँदै : नेपाली खेलकूद नयाँ युगमा प्रवेश

वि.सं.२०७६ वैशाख ११ बुधवार

828 

shares

शरद शर्मा/भेषराज बस्नेत

११ वैशाख, राँझा (रासस) । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताए । “सीमित साधनस्रोतका बीचमा हामीले आफ्नै पूर्वाधारमा विवादरहित ढङ्गले हामीले प्रतियोगिता सम्पन्न गर्दैछौँ”, उनले भने, “आठौँको भव्य उद्घाटन समारोह, अत्याधुनिक भौतिक पूर्वाधार र खेलाडीको उत्साह हेर्दा नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ ।”

प्रतियोगिता विभिन्न ठाउँमा गर्दा खेलाडीलाई केही असहज भएता पनि राष्ट्रिय खेलकूदका अवसरमा पहिलोपटक प्रदेश नं ५ का विभिन्न जिल्लामा धेरै खेलकूदका पूर्वाधार बन्न सकेको उनले बताए । प्रदेश खेलकूद विकास समिति अध्यक्ष भीम वलीले प्रतियोगिताले नेपाली खेलकूदलाई नयाँ युगमा प्रवेश गराएको बताए।

“खेलकूद परम्परा र संस्कृति जगेर्नाको रुपमा मात्र खेलिँदै आएको थियो”, उनले भने, “तर हामीले करोडौँको भौतिक पूर्वाधार निर्माण गरैर साँच्चिकै नेपाली खेलकूदको युग परिवर्तन गर्न सफल भएका छौँ ।” उनले काठमाडौमा समेत खेलकूदका भौतिक पूर्वाधार नभएको अवस्थामा प्रदेश नं ५ मा खेलकूदका लागि आधुनिक पूर्वाधार तयार गरिएको जानकारी गराए ।

नेपालगञ्ज रङ्गशालामा बनेको अत्याधुनिक भीआइपी प्यारापिट, रङ्गशालामा नै वर्मुडा दुवै अन्तर्राष्ट्रिय मापदण्डका फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज र एथलेटिक्स ट्र्याक र जुडोहल निर्माण भएका छन् भने बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् ।

बाँकेसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडौँ, ललितपुर र पोखरामा भएको प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजार खेलाडीको सहभागी भएका थिए । उपराष्ट्रपति नन्दबहादुर पुनले आज साँझ भव्य समारोहका बीच नेपालगञ्जस्थित रङ्गशालामा समापन गर्ने कार्यक्रम रहेको प्रदेश खेलकूद विकास समितिका अध्यक्ष वलीले जानकारी दिए ।

गत चैत २७ गतेबाट खेल शुरु गरिए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रङ्गशालामा भव्य समारोहका बीच गरेका थिए । समापन समारोहमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र जनप्रतिनिधिलगायतको सहभागिता हुनेछ । प्रतियोगिताको अन्तिम दिन आज फुटबल, भलिबल र पौडीका मात्र फाइनल खेल हुनेछन् ।

फुटबलको फाइनलमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । यस्तै भलिबलतर्फको खेलमा पुरुषतर्फ नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब तथा महिलातर्फ प्रदेश नं ३ र सशस्त्र प्रहरीको (एपिएफ) फाइनलमा प्रवेश गरेका छन् ।

समापन समारोहमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गर्ने प्रदेशलाई प्रतियोगिताको झण्डा हस्तान्तरण गरिने प्रदेश खेलकूद विकास समिति अध्यक्ष वलीले जानकारी गराए । उनका अनुसार, समापन समारोहका लागि दिउँसो दुई २ः०० बाटै सर्वसाधारणका लागि प्रवेशद्वार खुला गरिनेछ ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १३:०६ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...