back
CTIZAN AD

कुस्तीका खेलाडी विष्ट गम्भीर बिरामी

वि.सं.२०७६ वैशाख ११ बुधवार

837 

shares

११ वैशाख, सुर्खेत। नेपालगञ्जमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी एक खेलाडीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरिरहेका सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय निर्मल विष्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विष्ट कुस्तीका राष्ट्रिय खेलाडी हुन् ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सहजीकरणमा विष्टको काठमाडौँ बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले ६० दिनभित्र कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएकाले आर्थिक स्रोत जुटाउन लागिरहेको उनका छिमेकी ऋषि गिरिले जानकारी दिए ।

“परिवारको आर्थिक अवस्था कमजोर छ, एउटा राष्ट्रियस्तरको खेलाडीले आर्थिक अभावकै कारण अकालमा मर्नुपर्ने अवस्था आउन नदिन सहयोग जुटाउन लागिरहेका छौँ”, गिरीले भने, “राखेपका साथै प्रदेश सरकारसँग पनि सहयोग मागेका छौँ ।”

निर्मलको जीवन रक्षाका लागि कुमारी बैंक सुर्खेतमा आमा कोलामु विष्टको नाममा ०२६००४१६५६७००००१ नम्बरको खाता खोलिएको छ भने कलाकार र खेलाडीले ‘निर्मल विष्ट बचाऊँ’ अभियान सञ्चालन गरी आर्थिक सङ्कलन जुटाउन थालेका छन् ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १३:१९ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...