back

कुस्तीका खेलाडी विष्ट गम्भीर बिरामी

वि.सं.२०७६ वैशाख ११ बुधवार

42 

shares

११ वैशाख, सुर्खेत। नेपालगञ्जमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी एक खेलाडीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरिरहेका सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय निर्मल विष्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विष्ट कुस्तीका राष्ट्रिय खेलाडी हुन् ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सहजीकरणमा विष्टको काठमाडौँ बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले ६० दिनभित्र कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएकाले आर्थिक स्रोत जुटाउन लागिरहेको उनका छिमेकी ऋषि गिरिले जानकारी दिए ।

“परिवारको आर्थिक अवस्था कमजोर छ, एउटा राष्ट्रियस्तरको खेलाडीले आर्थिक अभावकै कारण अकालमा मर्नुपर्ने अवस्था आउन नदिन सहयोग जुटाउन लागिरहेका छौँ”, गिरीले भने, “राखेपका साथै प्रदेश सरकारसँग पनि सहयोग मागेका छौँ ।”

निर्मलको जीवन रक्षाका लागि कुमारी बैंक सुर्खेतमा आमा कोलामु विष्टको नाममा ०२६००४१६५६७००००१ नम्बरको खाता खोलिएको छ भने कलाकार र खेलाडीले ‘निर्मल विष्ट बचाऊँ’ अभियान सञ्चालन गरी आर्थिक सङ्कलन जुटाउन थालेका छन् ।

वि.सं.२०७६ वैशाख ११ बुधवार १३:१९ मा प्रकाशित

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल...

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय...

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७...

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौँ । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि...

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

सिमकोट, (हुम्ला) । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि...