back
CTIZAN AD

कर्णालीको प्रदेश अस्पतालमा सिटी स्क्यान सेवा सुचारु

वि.सं.२०७६ वैशाख ११ बुधवार

726 

shares

११ वैशाख । कर्णालीवासीले सिटी स्क्यान सेवाका लागि अब नेपालगञ्ज, काठमाडौँलगायतका अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । स्वास्थ्य सेवा विभागको सहयोगमा वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा सिटी स्क्यान मेशिन सञ्चालनमा ल्याइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा डम्बर खड्काले नयाँ भवनमा सिटी स्क्यान मेशिनसहित आवश्यक संरचना जडान गरिसकेको बताए । उनले सिटी स्क्यान सेवा सञ्चालन गर्न झण्डै रु २० लाख खर्च भएको जानकारी दिए । यो सेवा सञ्चालनमा आउँदा टाउकोका बिरामीका साथै दुर्घटनाका घाइतेलाई सहज भएको छ । “सुर्खेतमै कम खर्चमा सिटी स्क्यान गर्न पाइनेभो”, मेसु डा खड्काले भने, “यसअघि क्षेत्रीय÷प्रदेशस्तरीय अस्पताल भए पनि सिटी स्क्यानका बिरामी आए भेरी अञ्चल अस्पताल नेपालगञ्ज ‘रेफर’ गर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या अन्त्य भएको छ ।”

अस्पतालले गत वर्षदेखि आइसियु, एनआइसियु, डाइलासिस सेवा सञ्चालनमा ल्याएको थियो । यी सेवा सञ्चालनसँगै प्रदेश बाहिर वा भारतीय शहरमा गएर महँगो शुल्क तिरेर औषधोपचार गर्नुपर्ने बाध्यता हटेको छ । अत्याधुनिक शव परीक्षण घर र ट्रमा ब्लक निर्माणको खाँचो रहेको अस्पताल व्यवस्थापनले बताएको छ ।

अस्पतालले सिटी स्क्यान गर्ने बिरामीको प्रकृतिअनुसार शुल्क निर्धारण गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष श्याम कँडेलले उपचारको प्रकृति हेरेर बिरामीबाट कम्तीमा रु तीन हजारदेखि पाँच हजारसम्म शुल्क निर्धारण गरिएको जानकारी दिए ।

पचास श्ययाको उक्त अस्पताललाई केही दिन अघि बसेको कर्णाली प्रदेश सरकारले शिक्षण अभ्याससहितको ३०० श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गरिसकेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले असारअगावै श्यया विस्तार गर्नुका साथै आवश्यक न्यूनतम जनशक्तिको व्यवस्थापन गर्ने तयारी गरेको छ ।
जनशक्ति अभाव
भौतिक पूर्वाधारसँगै अत्याधुनिक सेवा सुविधाको विस्तार भए पनि प्रदेश अस्पतालले दक्ष जनशक्तिको अभाव झेल्नुपरेको छ । कर्मचारी समायोजनपछि झन यस अस्पतालले विशेषज्ञ चिकित्सक गुमाउनुपरेको छ ।

पहिल्यै विशेषज्ञ चिकित्सक न्यून रहेको अस्पतालमा कर्मचारी समायोजन प्रक्रियाले उल्टै अभाव सिर्जना गरेको छ । मेसु खड्काले चिकित्सक अभावका कारण आइसियु, एनआइसियु र अपरेशन थियटरलगायतका सेवा ठप्प हुने अवस्था आएको गुनासो पोखे । “आवश्यक जनशक्ति नहुँदा बिरामीलाई छिटो–छरितो एवं भरपर्दो सेवा दिन सकिरहेका छैनौँ”, उनले भने, “एक जना डाक्टरले ३०÷३५ जना बिरामी जाँच गर्नुपर्ने अवस्था छ ।”

वि.सं.२०७६ वैशाख ११ बुधवार १३:२५ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...