२५ कात्तिक, काठमाडौं । विदेश पठाउने भन्दै ठ गी गरेर फरार भएका झापा तोपगाछी ७ का निमनाथ गौतम पक्राउ परेका छन् ।
तोपगाछी–७ बस्ने इलाम चुलाचुलीका ३७ वर्षीय निमनाथ गौतमलाई झापा पाराबारी–५ स्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको छ ।
गौतमले बाग्लुङ लेखपानी–८ का शेरबहादुर वि।क। समेत ४ जनालाई अमेरिका पठाइदिने भनी ६३ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए । साथै गौतमका सहयोगीहरु कञ्चनपुरका जयबहादुर भण्डारी र दार्चुलाका जयसिंह धामी गत कात्तिक १२ गते पक्राउ परेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।