back

संविधान संशोधनमा सहयोग गर्न प्रमको ओलीलाई आग्रह 

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

570 

shares
IME Limited
NTC AD

prachanda-olid-bhet

२५ कात्तिक, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संविधान संशोधनको प्रक्रियामा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको सचिवालयमा आज साँझ भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले प्रमुख तीन दलका शीर्ष नेताको शीर्ष बैठक बसेर कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्नेमा सहमति खोजिने भएकाले त्यसमा सहयोग गर्न पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सल्लाहकार आचार्यले भन्नुभयो, “प्रधानमन्त्रीले प्रमुख तीन दलको सहमतिमा यही कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्र्ता गर्ने विषयमा पूर्वप्रधानमन्त्री ओलीसँग छलफल गर्नुभएको हो । आजको छलफल सकारात्मक छ ।”

बैठकपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग किन, कुन विषयमा र कसरी संविधान संशोधन गर्ने भन्ने जिज्ञासा राखेको जानकारी दिनुभयो । उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा प्रधानमन्त्रीसँग छलफल भएको र छलफल निरन्तर जारी राख्ने सहमति भएको बताउनुभयो ।

संविधान निर्माण प्रक्रियाबाटै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसकेन्द्रित दलले आफूहरुको माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग आग्रह गर्दै आएका छन् । मोर्चाको माग बमोजिम संविधानका केही विषयमा संविधान संशोधन गर्ने तयारी गरिएको छ ।

प्रम दाहाल र सभापति देउवाबीच भेट

प्रधानमन्त्री दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि आज भेटवार्ता भएको छ । भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन लगायत विषयमा कुराकानी भएको थियो ।

छलफलमा सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने लगायत विषयमा समेत कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १२:३९ मा प्रकाशित

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल...

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

गुल्मी । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको...

राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) पनि...

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

अर्घाखाँची । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री...

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट डा. केशव...

धवलशमशेर राणा अदालतमा उपस्थित भए

धवलशमशेर राणा अदालतमा उपस्थित भए

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा...