back
CTIZAN AD

संविधान संशोधनमा सहयोग गर्न प्रमको ओलीलाई आग्रह 

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

939 

shares

prachanda-olid-bhet

२५ कात्तिक, काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संविधान संशोधनको प्रक्रियामा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको सचिवालयमा आज साँझ भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले प्रमुख तीन दलका शीर्ष नेताको शीर्ष बैठक बसेर कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्नेमा सहमति खोजिने भएकाले त्यसमा सहयोग गर्न पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

सल्लाहकार आचार्यले भन्नुभयो, “प्रधानमन्त्रीले प्रमुख तीन दलको सहमतिमा यही कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्र्ता गर्ने विषयमा पूर्वप्रधानमन्त्री ओलीसँग छलफल गर्नुभएको हो । आजको छलफल सकारात्मक छ ।”

बैठकपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग किन, कुन विषयमा र कसरी संविधान संशोधन गर्ने भन्ने जिज्ञासा राखेको जानकारी दिनुभयो । उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा प्रधानमन्त्रीसँग छलफल भएको र छलफल निरन्तर जारी राख्ने सहमति भएको बताउनुभयो ।

संविधान निर्माण प्रक्रियाबाटै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसकेन्द्रित दलले आफूहरुको माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग आग्रह गर्दै आएका छन् । मोर्चाको माग बमोजिम संविधानका केही विषयमा संविधान संशोधन गर्ने तयारी गरिएको छ ।

प्रम दाहाल र सभापति देउवाबीच भेट

प्रधानमन्त्री दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि आज भेटवार्ता भएको छ । भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन लगायत विषयमा कुराकानी भएको थियो ।

छलफलमा सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने लगायत विषयमा समेत कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १२:३९ मा प्रकाशित

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...