भारतीय टेलिभिजन सोनी च्यानलले दुबईमा आयोजना गरेको जिसिसी सुपर डान्सर प्रतियोगितामा भाग लिएकी नेपालकी बालिका दिया कुवर टप टेनमा पर्न सफल भएकी छन ।
भक्तपुर दुवाकोट घर भएकी ११ बर्षीय बालिका दियाले नौ सय भारतिय प्रतिस्पर्धिहरुलाई पछि पार्दै टप टेनमा पर्न सफल भएकी हुन्।
युएईमै अध्यनरत दिया बाबा दिपक कुवर र आमा पूजा कुवर संगै बिगत ४ बर्षदेखी युएईमा बस्दै आएकी छन ।
सानै देखी डान्स गर्न मन पराउने दिया युएईमा हुने नेपाली सासंकृतिक कार्यक्रमहरुमा आफ्नो नृत्य कला प्रस्तुत गर्ने गर्छिन ।
उनलाई जिताउन युएईमा रहेका नेपालीहरुले एसडि स्पेस १९ (SD ~ 19 send SMS 4359) लेखी ४३५९ मा एसएमएस पठाउन दियाका बुबा दिपक कुवरले सबै नेपालीहरुमा आग्रह गरेका छन ।
सयौ भारतिय प्रतियोगिहरु मध्ये नेपालबाट भाग लिने दिया एक मात्र नेपाली हुन दिपकले नागरीक संग भने त्यसैले सबैले भोट गरिदिनु हुन आग्रह गर्दछु । प्रतियोगिताको फाईनल आगामी नोभेम्बर १८ गते युएईमा हुनेछ ।
वि.सं.२०७३ कात्तिक २५ बिहीवार १३:१६ मा प्रकाशित