
१३ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले आजिएटालाई तोकिएको ३९ अर्ब रुपैयाँ पुँजीगत लाभकरबारे सरकारसँग कारण माग गरेको छ ।
बिहिबार न्यायाधिश बम कमाुर श्रेष्ठको एकल इजलासले कारण माग गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो ।
तीन महिना अघि सर्वोच्चको बृहत् पूर्ण इजलासले एनसेल आजियटालाई तीनमहिनाभित्र पुँजीगत लाभकर तिर्न र ठूला करदाता कार्यालयकै कर तोक्न परमादेश जारी गरेको थियो ।
ठूला करदाता कार्यालयले एनसेलको स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ दाखिला गर्न सात दिनको समयावधि तोकेको थियो । शुक्रबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ वैशाख १३ शुक्रवार ०८:१९ मा प्रकाशित






























