
१३ बैशाख, काठमाडौं । बिरामीको लागि चिकित्सकक देवता हुन् । चिकित्सकले राम्रोसँग बोलिदिए र राम्रो व्यवहार गरिदिए बिरामीको मनोबल झन् बढ्छ, पीडा अलिकति भए पनि कम हुन्छ ।
नेपाल मेडिकल काउन्सीलको तथ्यांकअनुसार देशभर २१ हजार ४ सय बढी चिकित्सकले नाम दर्ता गराएका छन् ।
केही चिकितसकले बिरामीलाई वास्ता नै नगरको पाइएको छ । चिकित्सकले वास्ता नगर्दा बिरामी झन प्रताडित बन्दै गएका छन् ।
नेपाल मेडिकल काउन्सीलका अनुसार चिकित्सकबिरुद्ध ६० वटा उजुरी परेका छन् । नेपाल मेडिकल काउन्सीलका सदस्य डा. ढुण्डीराज पौडेलले चिकित्सक पेसाप्रति इमानदारी हुनु जरुरी रहेको बताए । उनले चिकित्सकले आचारसंहिता उल्लंघन गरेको भेटिए र उपचारका क्रममा लापरवाही गरेको प्रमाणित भए कारबाही हुने बताए ।
नयाँ वानेश्वरस्थित सभिल अस्पतालमा चिकित्सको लापरबाहीका कारण एक शिशुको मृत्यु भएको भन्दै मेडिकल काउन्सीलमा उजुरी परेको छ ।
गत १४ असोज २९७५ मा २४ वर्षीया पुष्पा ज्ञवालीको पेट दुखेपछि उपचारका लागि सिभिल अस्पताल पुगिन् । त्यतिबेला पुष्पाको गर्भमा पाँच महिनाको भ्रुण थियो । तर, चिकित्सकले अस्पतालमा उपचार हुँदैन भन्दै अन्यत्र लैजान आग्रह गरेको पुष्पका श्रीमान जीवन खनालले बताए । शुक्रबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ वैशाख १३ शुक्रवार ०८:३१ मा प्रकाशित






























