back
CTIZAN AD

कैदीबन्दीले पठाए क्यान्सर पीडितलाई आर्थिक सहयोग

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

747 

shares

१३ बैशाख, भद्रपुर । रक्तक्यान्सरबाट पीडित हल्दिवारी गाउँपालिका–७ का १३ वर्षीय गोपीचन्द्र (सुगम) दङ्गालको उपचारका लागि झापा जिल्ला कारागारका कैदीबन्दीले सहयोग उपलब्ध गराएका छन् ।

सुगम बचाऊ अभियान नै सञ्चालन गरेर रकम सङ्कलन गर्दै आएका स्थानीय युवा तथा अभियानका संयोजक तुलसीप्रसाल मिश्रलाई कारागारका चौकीदार मोहन धितालले आज सङ्कलित रु २१ हजार हस्तान्तरण गरेका छन् ।
गत चैत २८ गते स्थानीयवासीको भेलाले सुगमलार्ई रक्त क्यान्सरबाट बचाउन मिश्रको संयोजकत्वमा समिति बनाएर चन्दा उठाउने अभियान सञ्चालन गरिएकामा हालसम्मरु चार लाखभन्दा बढी रकम सङ्कलन गरेर दङ्गाल परिवारलाई हस्तान्तरण गरिएको संयोजक मिश्रले बताए ।

स्थानीय चिल्ड्रेन गार्डेन स्कूल कक्षा ७ मा अध्ययनरत सुगमलाई रक्त क्यान्सर भएको परिवारजनले दुई महीना अघि मात्र थाहा पाएको उनका काका मनकुमार दङ्गालले बताए ।

झापामा उपचारसम्भव नभएपछि हाल उनको काठमाडौँस्थित कान्ति बाल अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । “तीन महीना अघि छोराको शरीरमा नीलो थिग्ला र दाँतबाट रगत आएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पताल लगेका थियौँ”, उनका बुबा भीष्म दङ्गालले भने, “त्यहाँका चिकित्सकले नाकमा मासु पलाएकाले समस्या भएको भन्दै शल्यक्रिया गरेका थिए, शल्यक्रियामा करीब रु एक लाख खर्च भएको थियो ।”

नाकाको शल्यक्रियापश्चात् पनि छोरा सञ्चो नभएपछि थप उपचारका लागि उनले चैत ४ गते काठमाडौँस्थित कान्ति बाल अस्पताल पुर्याएकामा त्यहाँका चिकित्सकले रक्त क्यान्सर भएको जानकारी दिए ।

सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएका भीष्मले छोराको उपचारमा खर्च जुटाइदिन सबैसमक्ष हारगुहार गर्दै आएका छन् । कान्ति बाल अस्पतालका डा सुधीर सापकोटाको भनाइ उद्धृत गर्दै उनले भने, “छोराको उपचार लागि रु ३५ देखि रु ४० लाखसम्म लाग्नसक्छ , अहिलेसम्म रु नौ लाख खर्च भइसकेकाले थप सहयोग जुटाइदिन सबैसंग आग्रह गर्दछु ।”

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १७:०३ मा प्रकाशित

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...