back

कैदीबन्दीले पठाए क्यान्सर पीडितलाई आर्थिक सहयोग

वि.सं.२०७६ वैशाख १३ शुक्रवार

48 

shares

१३ बैशाख, भद्रपुर । रक्तक्यान्सरबाट पीडित हल्दिवारी गाउँपालिका–७ का १३ वर्षीय गोपीचन्द्र (सुगम) दङ्गालको उपचारका लागि झापा जिल्ला कारागारका कैदीबन्दीले सहयोग उपलब्ध गराएका छन् ।

सुगम बचाऊ अभियान नै सञ्चालन गरेर रकम सङ्कलन गर्दै आएका स्थानीय युवा तथा अभियानका संयोजक तुलसीप्रसाल मिश्रलाई कारागारका चौकीदार मोहन धितालले आज सङ्कलित रु २१ हजार हस्तान्तरण गरेका छन् ।
गत चैत २८ गते स्थानीयवासीको भेलाले सुगमलार्ई रक्त क्यान्सरबाट बचाउन मिश्रको संयोजकत्वमा समिति बनाएर चन्दा उठाउने अभियान सञ्चालन गरिएकामा हालसम्मरु चार लाखभन्दा बढी रकम सङ्कलन गरेर दङ्गाल परिवारलाई हस्तान्तरण गरिएको संयोजक मिश्रले बताए ।

स्थानीय चिल्ड्रेन गार्डेन स्कूल कक्षा ७ मा अध्ययनरत सुगमलाई रक्त क्यान्सर भएको परिवारजनले दुई महीना अघि मात्र थाहा पाएको उनका काका मनकुमार दङ्गालले बताए ।

झापामा उपचारसम्भव नभएपछि हाल उनको काठमाडौँस्थित कान्ति बाल अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । “तीन महीना अघि छोराको शरीरमा नीलो थिग्ला र दाँतबाट रगत आएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पताल लगेका थियौँ”, उनका बुबा भीष्म दङ्गालले भने, “त्यहाँका चिकित्सकले नाकमा मासु पलाएकाले समस्या भएको भन्दै शल्यक्रिया गरेका थिए, शल्यक्रियामा करीब रु एक लाख खर्च भएको थियो ।”

नाकाको शल्यक्रियापश्चात् पनि छोरा सञ्चो नभएपछि थप उपचारका लागि उनले चैत ४ गते काठमाडौँस्थित कान्ति बाल अस्पताल पुर्याएकामा त्यहाँका चिकित्सकले रक्त क्यान्सर भएको जानकारी दिए ।

सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएका भीष्मले छोराको उपचारमा खर्च जुटाइदिन सबैसमक्ष हारगुहार गर्दै आएका छन् । कान्ति बाल अस्पतालका डा सुधीर सापकोटाको भनाइ उद्धृत गर्दै उनले भने, “छोराको उपचार लागि रु ३५ देखि रु ४० लाखसम्म लाग्नसक्छ , अहिलेसम्म रु नौ लाख खर्च भइसकेकाले थप सहयोग जुटाइदिन सबैसंग आग्रह गर्दछु ।”

वि.सं.२०७६ वैशाख १३ शुक्रवार १७:०३ मा प्रकाशित

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर...