
रूसको राजधानीमा वसन्तागमनका साथै नेपालकी निवर्तमान कुमारी मतिना शाक्यको सप्ताहव्यापी यात्रा सफलतापूर्वक सुसम्पन्न भएको छ।
नेपालकी निवर्तमान जिवीतदेवी कुमारी मतिना शाक्यको जन्म सुनिता शाक्य र प्रतापमान शाक्यको सुपुत्रीको रूपमा भाद्र १० गते २०६२ सालको कृष्ण जन्माष्टमीका दिन इटुम्बाहाल (काठमाडौं) मा भएको हो । वि.सं. २०६५ को आश्विन १२ गते महाअष्टमी (कुछिभ्वय्) को शुभमूहूर्तमा कुमारीदेवीको श्रीपद प्राप्त गरी ९ वर्ष (इं.सं. २००८-२०१७) सम्म कुमारी घर स्थित मयुराशनमा विराजमान भएर वि.सं. २०७४ को आश्विन २० गतेसम्म नेपालकी अधिष्ठाता देवी तुलजा भवानीको प्रतिनिधित्व गरी सर्वसाधारण देखि लिएर सर्वोच्च शासक सम्म सम्पूर्ण हिन्दू तथा बौद्धधर्माबलम्बीहरूबाट पूजित भएर रहेकी मतिना शाक्यसंग मास्कोवासी नेपालीहरूका साथै उनका रूसीमित्रहरूले समेत साक्षात्कार गर्ने सुअवसर पाएका थिए । कुमारीघरका अभिभावक महेन्द्ररत्न शाक्यको संरक्षणमा आफ्ना माता(पितासहित रूसमा नेपालकी निवर्तमान जीवितदेवी कुमारी मतिना शाक्यको यो सर्वप्रथम सप्ताहव्यापी यात्रा भ्रमण थियो । यस यात्राकालमा नेवारीमा सम्मानपूर्वक ‘द्योमैंजु’ भनेर सम्बोधन गरिने देवीकुमारीलाई आफ्ना सहयात्रीहरूको साथमा रूसको राजधानीका दर्शनीय स्थलहरू९लालमैदान, हीरा(जवाहरात भण्डार लगायत क्रेमलिन परिसर, गगनचुम्बी भवनको अवलोकन स्थल, सर्कसको कार्यक्रम, अक्वारियमका तालिम प्राप्त जल जीवीजन्तु, मास्को नदीमा नौका विहार आदि०अवलोकन गराइनुका साथै मास्को बाहिररहेको अन्तरिक्ष यात्री प्रशिक्षण केन्द्र ज्वेज्द्नीगोरोद (तारानगरी) मा अन्तरिक्ष उडानका वैज्ञानिक प्रविधि र उपलब्धिहरूबाट अवगत हुने र पृथ्वी बाहिरको यात्रा गर्ने अन्तरिक्ष यात्री सङ्ग भेट गरी कुराकानी गर्नेसमेत मौका प्राप्त भएको थियो।
खासगरी रसियाली जनमैत्री विश्वविद्यालयमा १८ अप्रिल २०१९९(वृहस्पतिवार) का दिन डा भीष्म आचार्यको अग्रसरतामा आयोजित भेटघाट कार्यक्रम सुसम्पन्न भयो । एशिया, अफ्रिका र ल्याटिन अमेरिकाका विकाशोन्मुख मुलुकहरूका लागि अत्यावश्यक राष्ट्रिय विशेषज्ञहरूको तैयारीमा योगदान पुर्याउने उद्देश्यले सोभियत सरकारद्वारा सन् १९६० मै स्थापना गरिएको त्यतिखेर मास्कोको यस दोस्रो विश्वविद्यालयमा नेपालकी राजकीय कुमारीको सम्मानमा सम्पन्न भेटघाट कार्यक्रममा अन्तर्राष्ट्रीय क्रियाकलाप सम्बन्धी प्रोरेक्टरएलइ एफ्रेमोभा, विदेशी विध्यार्थी भर्ना सम्बन्धी विभागका निर्देशक एनभी क्रिभोलापोभ, एशियाली विभागका उपप्रमुख आ.ए.एर्सोभ, विश्वविद्यालय अन्तर्गतको संग्रहालयका निर्देशक भी.एन.भेलिच्किन प्रभृतिको समुपस्थिति रहेका थियो । निवर्तमान जीवित देवीकुमारी मतिना शाक्यको हार्दिक स्वागत गर्दै नेपालमा पढाइ समाप्त गरिएपछि भविष्यमा कुमारी देवीको निम्ति उच्च शिक्षा प्राप्तिका लागि रसियाली जनमैत्री विश्वविद्यालयको तर्फबाट सहर्ष छात्रवृत्तिको व्यवस्था गरिनेछ भन्ने सदीक्षा पनि व्यक्त गरिएको थियो।
त्यसको भोलिपल्ट नेपाली संस्कृतिका प्रशंसक र प्रचारक रवीन्द्र भट्टराईको अग्रसरतामा मास्कोस्थित नेपाली राजदूतावासमा सम्पन्न गरिएको जीवितदेवी कुमारीको पूजाअर्चनासहित भव्य स्वागत(सम्मान समारोह उल्लेख्य हुनुका साथै निवर्तमान जीवितदेवी कुमारी र देवीको साथमा आउने पाहुनाहरूका लागि र त्यस कार्यक्रमका सहभागी नेपाली राजदूतावास–परिवार, र गैरअवाासीय नेपाली संघका अध्यक्ष रामेश्वर गौतमसहित नेपालीहरू र तिनका रसियाली मित्रहरूका लागि पनि अविस्मरणीय क्षण रहेको थियो । भित्तामा जताततै जीवित देवीकुमारी सित सम्बन्धित रंगीन पोष्टरहरू र ठूलोसाइजका चित्रहरूले सिंगारिएको रूसको राजधानी स्थित नेपाली राजदूतावासको सभाकक्षमा १९ अप्रिल २०१९ (शुक्रवार) का दिन नेपालको राष्ट्रिय झण्डाको बगल मै फलफूल, नैवेद्य र पूजा(सामग्रीद्वारा सजाइएको टेबुलमा वर्तमान जीवितदेवी कुमारीको छ विचित्र राखिएको थियो । त्यसैको छेउको कौचमा निश्चल, निष्पक्ष र निर्विकार भावमा निवर्तमान जीवितदेवी कुमारी मतिना शाक्य विराजमान थिइन ।बगलमै उनका पिता र अभिभावक कुमारीदेवी अङ्कित छड्के शोभापट्ट सहित नेपाली पोशाकमा सजिएर कुमारी देवीका अङ्गरक्षक झैं उभिएका थिए।
निवर्तमान कुमारी मतिना शाक्यको मास्को यात्राका मास्को यात्राको व्यवस्थाका लागि इगोरओगोरोद्निकोभको अध्यक्षतामा गठित आयोजक समितिको तर्फबाट स्वागत सम्मान समारोहका संयोजक रवीन्द्र भट्टराईबाट समारोहमा उपस्थित नेपाली तथा रूसीसबै आमन्त्रित अतिथिहरूको स्वागत गरिएपछि महामहिम नेपाली राजदूत ऋषिराम घिमिरेदे मास्कोमा पहिलोपल्ट जीवितदेवी कुमारीको स्वागत सम्मान गर्न पाइएको सन्दर्भमा हर्ष प्रकट गर्दै बुद्धधर्मको अध्ययनार्थ सन् १८७५ मा सर्वप्रथम नेपाल पुगेका रूसीप्राच्यविद्इभान मिनाएभको यात्राकाल देखिनै नेपाल र रूसबीच जनस्तरीय सम्पर्क र सम्बन्ध कायम रहिआएको र निवर्तमान जीवितदेवी कुमारीको मास्को आगमनबाट हाम्रा दुवैमैत्री राष्ट्रबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।
नेपालका लागि रूसका पूर्वराजदूत सेर्गेइभेलिच्किनले नेपाली संस्कृतिमा जीवितदेवी कुमारीको पूजा(आराधनाको प्रचलन विश्वमै अद्वितीय र मौलिकरहेको स्मरण गर्दै नेपालमा आफ्नो कार्यकालमा अनुभव गरिएका अविस्मरणीय सामाजिक र सांस्कृतिक परिघटनाहरूको संक्षेपमा विश्लेषणात्मक र सारगर्भित निष्कर्ष प्रस्तुत गर्नु भयो।
जीवितदेवी कुमारीका अभिभावक महेन्द्ररत्न शाक्यबाट नेपालमा जीवित देवीकुमारीको प्रादुर्भाव, कुमारी पूजाको परम्परा र प्रथाबारे अतीतका महत्वपूर्ण परिघटनाहरूको स्मरण तथा किम्बदन्तीहरूको पनि वर्णनसहित सांगोपाङ्ग विवरण प्रस्तुत गर्दै हिन्दू तथा बौद्धधर्माबलम्बी सम्पूर्ण नेपालीहरूबाट ससम्मान पूजा गरिने राजकीय कुमारीको गरिमाको महिमा(वर्णन गरिएको थियो । महेन्द्ररत्नको वक्तव्यको नेपाली अनुवाद डा। ध्रुवदास उलकबाट गरिनुका साथै निवर्तमान जीवितकुमारीको मास्को यात्राको व्यवस्थाका लागि गठित आयोजक समितिकी सदस्य दुर्सुन आलिएभाले रूसी भाषामा राजकीय कुमारीको विभिन्न पक्ष्यबारे विस्तृतरूपमा प्रकाश पारेकी थिइन् । यसबाट सभाकक्षमा उपस्थित रसियाली सज्जन तथा महिलाहरूले कुमारीको परम्पराबारे धैरै नयाँ तय्य(कुराहरू थाहा पाएका थिए।
त्यस भव्य समारोहमा मलाई पनि दुईशब्द राख्ने सुअवसर प्रदान गरिएको थियो । मल्लकाल देखिनै नेपाल नरेशहरूकी स्वेष्टदेवी मानिने अदृश्य वैदिक हिन्दूदेवी भगवती तलेजु (तुलजा भवानी) को जीवन्त मूर्तरूप (शाक्यमुनि सिद्धार्थ गौतम बुद्धकै वंशज र बौद्धधर्मावलम्बी शाक्य कुलकी सानी बालिका) जीवितदेवी कुमारी हुन् । हिन्दूर बौद्ध दुवैधर्मका पुजारी (कर्माचार्य र बज्राचार्य) बाट वैदिक तथा तान्त्रिक पद्धतिबाट पूजा गरिने र यी दुवै प्रमुख धर्मका अनुयायीहरूबाट समानरूपले पूज्य मानिने जीवित कुमारीदेवीको बारेमा पूर्ववक्ताहरूबाट विस्तृत प्रकाश पारिसकिएको परिप्रेक्ष्यमा मैले समयाभावले गर्दा निम्न केही बुँदाहरूको मात्र छोटकरीमा चर्चा गरेको थिएँ।
हिन्दूहरूले आदिशक्ति र बौद्धहरूले बज्रशक्ति मान्ने कुमारीदेवी शिवको तेस्रो नेत्रको ज्योति पुञ्जबाट उत्पन्न भएकी हुन् ।प्रकृतितत्वको उर्वराशक्तिको प्रतिनिधित्व गर्ने कुमारीदेवी नारीशक्तिकी द्योतक देवी हुन् ।
कुमारीदेवीले विभिन्न समयमा विभिन्न तरीकाबाट उत्पन्न भई असुरको बध गरेको मानिन्छ । कहिले रूखको तोड्काबाट उत्पन्न भई चण्डासुरको बध गर्ने कुमारी (बनेपाकी चण्डेश्वरी)त कहिले मानवकै कोखबाट जन्मलिने नवजातबालिका जसलाई कंसले कृष्णको सट्टा ढुङ्गामा पछारेर मार्न खोज्दा उम्किएर ‘तेरो बध गर्ने शिशु जन्मिसकेको छु’ भन्ने भविष्यवाणी गरी आकाशमार्गबाट उडेर विन्ध्याचल पर्वतमा वस्न गएकी हुँदा विन्ध्यवासिनी नामले पूजा गरिने कुमारी आदि।
कुमारीदेवीमा आठदिशाकी अधिष्ठाता देवीअष्टमात्रिकाका साथै गणेश (स्वर्गको देवसेनाका गणपति) र काल (पातालका अधिष्ठाता कालभैरव) सहित दशै दिशाका १० देवीदेवताहरूको शक्ति सन्निहित छ। सम्भवतः त्यसैकारण कुमारीजात्रामा कुमारी देवीको रथका साथै गणेश र भैरवका रथहरू पनि समाविष्ट हुन्छन्।
अष्टमात्रिका मध्येकी एकदेवी कौमारी र शिशुदेवीकुमारीको अर्थसाम्यताका आधारमा अधिकांशले यी दुवै देवीहरूलाई एकै ठान्ने गरेको पाइन्छ । तर माथि भनिए अनुसार कुमारीमा आठै देवीहरूको शक्ति निहितहुनाले कुमारीमा त कौमारीको एकअंश मात्र शक्तिरहेको स्पष्ट हुन्छ । त्यसैले कौमारी र कुमारी भिन्न भिन्न देवी हुन्।
यसैपरिप्रेक्ष्यमा युद्धका देवता कुमार(स्कन्द वा कार्तिकेय) र कुमारीको म पनि एउटै मूलबाट बन्नुका साथै यी दुवैको हातमा खड्ग र वाहन पनि मयुर नै हुनाले कुमारी देवी युद्धका देवता कुमारकी शक्ति हुन्कि भन्ने प्रतीत हुन्छ । तर गहिरेर विचार गर्ने हो भने कुमार शिवका पुत्र मानिनु र कुमारीको उत्पत्ति पनि शिवको तेस्रो नेत्रबाट हुनुले उनीहरू बीच भाइ र बहिनीको साइनो पर्नुका साथै कुमारी आजन्म अविवाहिता रहने हुँदा उनी आद्यशक्ति हुनाले अरु कुनै देवताको शक्ति हुन सक्तिन न्भन्ने स्पष्ट नै छ । निसन्देह नै युद्धका देवता कुमार र देवताहरूका शत्रु दानवको संहारका लागि नै उत्पन्न भएकी युद्धकी देवीकुमारीको आयुधर वाहन समेत समान हुनु विचारणीय छ ।
मैले उक्त समारोहमा छोटकरीमा उपरोक्त बुँदाहरूको चर्चा गर्दै नेपालको राजधानीमा जीवित देवी कुमारीको तीन दिने रथजात्राकै अवसर पारेर गोर्खाका राजा पृथ्वीनारायणशाहबाट नेपालको एकीकरण अभियानको सफल समाप्ति गरिनुका साथै तत्कालीन कुमारीबाट टीका ग्रहण गरी उपत्यकाको नेवारी संस्कृतिलाई राजकीय मान्यता प्रदान गर्दै काठमाडौंलाई नै नवोदितएकीकृत नेपाल राष्ट्रको राजधानी घोषित गरिएको महान्दिनको वाषिर्कोत्सवको पनि द्धोतक हो कुमारि जात्रा । यस कुरामा पनि जोड दिंदै मैले नेपालीमा अनुवाद गरेको दागेस्तानी जनक विरासुलहाम्जातोभको ‘जीवितदेवी कुमारीु’ शीर्षकको काव्यबाट ‘कुमारी स्तुति’ भन्न सकिने अंश सुनाएको थिएँ ।
तत्पश्चा त्यो काव्यसहित रासुलहाम्जातोभबाट रचिएका नेपाल विषयक काव्यहरूको नेपाली अनुवादसहितदुई देवताप्रतिु शीर्षकमा प्रकाशित र चित्रकारइभानको जोरेजोभलेखिंचेका नेपालका रमणीय दृश्यचित्रले सिंगारिएको आभार भाषाबाट रूसी तथा नेपालीमा अनुवादसहित त्रिभाषिक सचित्रग्रन्थ निवर्तमान जीवित कुमारीदेवीलाई चढाइयो।
वि.सं.२०७६ वैशाख १५ आइतवार ०९:५१ मा प्रकाशित