
सुजित मैनालीद्वारा लिखित पुस्तक ‘शिलान्यास’ सार्वजनिक भएको छ । बुकहिल प्रकाशनद्वारा प्रकाशित पुस्तकलाई शनिबार लेखक तथा पत्रकार सुधीर शर्मा, डा गोबिन्द केसी र लिला न्याइच्याईले लोकार्पण गरेका थिए ।
पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको विजय अभियान यसले जनजातिको संस्कृति तथा राजनीतिमा पारेको प्रभाव लगायतका प्रश्नको जवाफ खोज्न शिलान्यास सफल भएको छ ।
लेखक तथा पत्रकार सुधिर शर्माले शिलान्यासले इतिहासलाई लोकप्रिय हिसाबले पढन प्रेरित गर्ने र इतिहास तर्फ सबैलाई सरल तरीकाले आकर्षित गर्ने औंल्लाए ।
समाजसास्त्रका बिज्ञ लेखकले इतिहासलाई गजबले लेखेको लोकार्पणमा बक्ताहरुले धारणा राखेका थिए ।
वि.सं.२०७६ वैशाख १५ आइतवार १३:४२ मा प्रकाशित