back

क्यानडाबाट टण्डन भन्छन् – प्रवासमा बनेका भातृसंगठन खारेज गरौँ

वि.सं.२०७६ वैशाख १५ आइतवार

27 

shares

विगत १३ बर्ष देखी क्यानडाको बसाईमा विभिन्न देशका समुदाय सँग नजिक भएर काम गर्दै विभिन्न अनुभवहरु संगालेका एक व्यक्तिको नाम हो नर बहादुर टन्डन । दाङ्गको तुलसीपुर ७ लामीदमार घर भएका टन्डन पेशाले उनि एक ट्रक ड्राइवर हुन ।

आफ्नो निजी ट्रकमा नेपालको पर्यटकिय दृश्यहरुलाई कलात्मक तरिकाले ट्रकको भित्तामा कुदाएर नेपालको पर्यटन विकासमा अहम भुमिका खेल्दै आउदा २०१६ मा उनि नेपाल पर्यटन बोर्ड क्यानडाको पर्यटन दुतमा नियुक्त भई काम गर्दै आएका छन । आफ्नो काम र कर्तव्यमा लगनका साथ काम गर्ने टन्डन भन्छन, मलाई दिईएको जिम्मेवारीमा दौडी रहदा विभिन्न व्यक्तिहरु सँग भेट हुने र त्यहाँ स्थित राजनीतिक , सामाजिक र आर्थिक बिषयको पुर्वधारहरुको बारेमा अध्ययन अनूगमन गरी एक आपसमा सहकार्य गरेको देख्दा खुसी लाग्छ । 

उनि भन्छन, हाम्रो देशको कथा ठिक विपरीत रहेको छ । देश विकासको कल्पना गर्न पनि सपना देख्नु पर्छ । देशका प्रमुख पाटीहरु पनि देश विकास कम र पाटी अनि व्यक्ति विकासमा लागेको देख्दा दिक्क लाग्छ । नेपाल भने पछी भोक प्यास तिर्खा सबै बिर्सने टन्डन नेपाललाई कति धेरै माया गर्छन भन्ने कुरा उनले आफ्नो ट्रक सहित पर्यटन प्रवद्धन कार्यका लागी मात्र एक लाख डलर खर्च गरेका छन । जुन सह्रनिय छ । देशको कुरा गरी रहदा भावुक हुदै टन्डन भन्छन, ‘थाह छैन यथार्थ के हो तर संचार माध्यममा आए अनुसार प्रधानमत्रीको निवास र गुठीका जग्गा समेत व्यक्तिको नाममा रहेको भन्दा अचम्मीत भएको छु ।, उनी भन्छन् ‘यदि यो साचो हो भने यो अति नै निच हरकत हो ।’

“ म कुनै पाटी विशेष भएर पाटीलाई सम्रथन गर्दीन तर परदेशमा पनि यो पाटी त्यो पाटी भन्दै विभिन्न भातृ संगठन खोली लुछाचुडी गरेको देख्दा हास्यस्पद लाग्छ,उनि भन्छन ‘देश विकास गर्नका लागी प्रवास भएका सम्पूर्ण भातृ संगठनहरु यथासिघ्र खारेज गरी सबै एकै गोलवद्ध बनौँ । यहाँको विकासका पुर्वधारहरु र आफुले जानेबुझेका कुराहरु नेपालको सम्वधित निकायहरुमा जानकारी गराई नेपालको विकासमा महत्वपूर्ण भुमिका खेलौ ।’  राजनीतिक फोहरी खेलबाट अलगिएर देश विकास कार्य गर्नु पर्छ अनि मात्र देशले चाडो नै कोल्टो फेर्छ भन्ने उनको भनाइ छ ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १३:३७ मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...