back
CTIZAN AD

क्यानडाबाट टण्डन भन्छन् – प्रवासमा बनेका भातृसंगठन खारेज गरौँ

वि.सं.२०७६ वैशाख १५ आइतवार

681 

shares

विगत १३ बर्ष देखी क्यानडाको बसाईमा विभिन्न देशका समुदाय सँग नजिक भएर काम गर्दै विभिन्न अनुभवहरु संगालेका एक व्यक्तिको नाम हो नर बहादुर टन्डन । दाङ्गको तुलसीपुर ७ लामीदमार घर भएका टन्डन पेशाले उनि एक ट्रक ड्राइवर हुन ।

आफ्नो निजी ट्रकमा नेपालको पर्यटकिय दृश्यहरुलाई कलात्मक तरिकाले ट्रकको भित्तामा कुदाएर नेपालको पर्यटन विकासमा अहम भुमिका खेल्दै आउदा २०१६ मा उनि नेपाल पर्यटन बोर्ड क्यानडाको पर्यटन दुतमा नियुक्त भई काम गर्दै आएका छन । आफ्नो काम र कर्तव्यमा लगनका साथ काम गर्ने टन्डन भन्छन, मलाई दिईएको जिम्मेवारीमा दौडी रहदा विभिन्न व्यक्तिहरु सँग भेट हुने र त्यहाँ स्थित राजनीतिक , सामाजिक र आर्थिक बिषयको पुर्वधारहरुको बारेमा अध्ययन अनूगमन गरी एक आपसमा सहकार्य गरेको देख्दा खुसी लाग्छ । 

उनि भन्छन, हाम्रो देशको कथा ठिक विपरीत रहेको छ । देश विकासको कल्पना गर्न पनि सपना देख्नु पर्छ । देशका प्रमुख पाटीहरु पनि देश विकास कम र पाटी अनि व्यक्ति विकासमा लागेको देख्दा दिक्क लाग्छ । नेपाल भने पछी भोक प्यास तिर्खा सबै बिर्सने टन्डन नेपाललाई कति धेरै माया गर्छन भन्ने कुरा उनले आफ्नो ट्रक सहित पर्यटन प्रवद्धन कार्यका लागी मात्र एक लाख डलर खर्च गरेका छन । जुन सह्रनिय छ । देशको कुरा गरी रहदा भावुक हुदै टन्डन भन्छन, ‘थाह छैन यथार्थ के हो तर संचार माध्यममा आए अनुसार प्रधानमत्रीको निवास र गुठीका जग्गा समेत व्यक्तिको नाममा रहेको भन्दा अचम्मीत भएको छु ।, उनी भन्छन् ‘यदि यो साचो हो भने यो अति नै निच हरकत हो ।’

“ म कुनै पाटी विशेष भएर पाटीलाई सम्रथन गर्दीन तर परदेशमा पनि यो पाटी त्यो पाटी भन्दै विभिन्न भातृ संगठन खोली लुछाचुडी गरेको देख्दा हास्यस्पद लाग्छ,उनि भन्छन ‘देश विकास गर्नका लागी प्रवास भएका सम्पूर्ण भातृ संगठनहरु यथासिघ्र खारेज गरी सबै एकै गोलवद्ध बनौँ । यहाँको विकासका पुर्वधारहरु र आफुले जानेबुझेका कुराहरु नेपालको सम्वधित निकायहरुमा जानकारी गराई नेपालको विकासमा महत्वपूर्ण भुमिका खेलौ ।’  राजनीतिक फोहरी खेलबाट अलगिएर देश विकास कार्य गर्नु पर्छ अनि मात्र देशले चाडो नै कोल्टो फेर्छ भन्ने उनको भनाइ छ ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १३:३७ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...