back
CTIZAN AD

औषधि र डाक्टर बोकेर हुम्लाको ताँजाकोट पुगे दुईवटा हेलिकप्टर

वि.सं.२०७६ वैशाख १५ आइतवार

567 

shares

१४ बैशाख, काठमाडौं । रुघाखोकीका कारण प्रभावित बनेको हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि र डाक्टरहरु पुगेका छन् ।

२६ चैत यता महामारीको रुप लिएको रुघाखोकीका कारण ९ जनाको ज्यान गइसकेको र २ सय भन्दा बढी बिरामी भएको अवस्थामा उक्त महामारी नियन्त्रण गर्नका लागि ताँजाकोट पठाइएको हो ।

कर्णाली प्रदेशको क्षेत्रिय स्वास्थ्य निर्देशनालयले दुईवटा हेलिकप्टरमा औषधि र डाक्टर आज बिहान ताँजाकोट गाउँमा झारेको हुम्ला प्रहरी कार्यालयका डिएसपी राम प्रसाद घर्तीले संसारन्युजलाई जानकारी दिएका छन् ।

क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेतका प्रमुख श्याम अर्यालको  नेतृत्वमा गएको ६ जना डाक्टरको टोलीमा डाक्टर टेकराज भट्टराई,   डाक्टर धर्मराज अधिकारी, डाक्टर बलभद्र यादव, डाक्टर केशव अधिकारी, डाक्टर श्याम अर्याल र डाक्टर शेखरनाथको टोली सुर्खेतबाट हुम्लाको ताजाकोट पुगेको डिएसपी घर्तीले जानकारी दिए ।

यतिका दिनसम्म रोग नियन्त्रणका लागि पहल भएनछ नि भन्ने संसारन्युजको प्रश्नमा डिएसपी घर्तिले भने, ‘यहाँ चिसो मौसम छ । अहिले पनि त्यो गाउँमा हिउँ परेको अवस्था छ । पहिले त बृद्धबृद्धा र अशक्तहरुको मृत्यु भएकोले त्यति ख्याल भएन त्यसलाई नर्मल रुपमा लिइयो । मृत्युका बारेमा जानकारी पनि आएन । १० गते र १२ गते बालबालिकाको मृत्यु भएपछि चासो बढी बढेको हो ।’

उनकाअनुसार अहिले सामान्य रुघा खोकी भनेपनि के रोग रहेछ भन्ने डाक्टरको टोलीले सत्यतथ्य पत्ता लगाउनेछ । त्यसपछि फरक तरिकाले उपचार हुनेछ ।

‘औषधि नै खान नपाएको होइन, छाप्रेलामा रहेको स्वास्थ्यचौकीले औषधि दिएको पनि हो । तर, औषधिले प्रभावकारी काम नगरकोले हो ।’ डिएसपी घर्तिले भने ।

उनका अनुसार सामान्य ज्वरो आउने, टाउको दुख्ने, घुँडा दुख्ने भएकोले नर्मल रुपमा लिएकोले समस्याका बारेमा बाहिर नआएको हो ।

औषधि बोकेर गएको सोहि हेलिकप्टरमा ६  जनालाई उपचारका लागि सुर्खेत पठाइएको पनि डिएसपी घर्तिले जानकारी दिए ।

रुघाखोकीका कारण २ सय भन्दा बढी प्रभावित भएका छन् भने ७५ वर्षीया कुसुकली रिठाल, ६० वर्षीय सुरजित खड्का, ५५ वर्षीय वीरबल रिठाल, ५५ वर्षीय रङ्गे काली, ५५ वर्षीय लक्ष्य सुनार, ७० वर्षीया अम्मकली मल्ल ७६ वर्षीय बज्जिरे सुनार, ५ वर्षीया सुनकेस्रा सुनार, १० महिनाका सञ्जीव थापाको मृत्यु भएको पनि जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १३:२२ मा प्रकाशित

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । निर्वाचनको इपि सेन्टरको रुपमा रहेको झापा क्षेत्र नं...

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...