back
CTIZAN AD

अष्ट्रेलियाबाट सानुले ल्याइन् सिड्नी सपना’

वि.सं.२०७६ वैशाख १५ आइतवार

789 

shares

१५ बैशाख,काठमाडौ । झण्डै एक दशक देखि अष्ट्रेलियामा रहँदै आएकी साहित्यकार सानु घिमीरे ज्योत्सनाको दोश्रो कृति ‘सिड्नी सपना’ नामक उपन्यास सार्वजनिक भएको छ ।

शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित सिड्नी सपना सार्वजनिकीकरण एवं अन्तर संवाद कार्यक्रममा घिमीरेको ‘सिड्नी सपना’ सार्वजनिक गरिएको हो ।

वरिष्ठ कवि नवराज लम्साल, वरिष्ठ आख्यानकार घनश्याम परिश्रमी, समालोचक ज्ञानु अधिकारी, साहित्यकार तथा आख्यानकार प्रोल्लास सिन्धुलीय,लेखककी सासुआमा राधिका शर्मालगायतद्धारा उपन्यासको संयुक्त विमोचन गरिएको थियो ।

वरिष्ठ गीतकार दिनेशहरि अधिकारी, सािहत्यकार डा. अर्चना थापा, उमा सुवदी, दिप्स शाह, भगवती वस्नेत, सरु सुवेदी चर्चित कवि नवराज पराजुली,लेखक तथा कलाकार सोविता सिंखडा लगायतको उपस्थितिमा गरिएको उक्त उपन्यासको विमोचनमा वरिष्ठ कवि नवराज लम्सालले अध्ययन वा विभिन्न सिलसिलामा अष्ट्रेलिया पुगेका युवाहरुको कथा बोकेको सिड्नी सपना नामक उपन्यासमा विदेश गएर सुख पाएका छन् छोराछोरीले भनेर ढुक्क भएर बसेका बाबुआमाले ‘सिड्नी सपना’ पढ्नै पर्ने बताएका थिए । साथै छोराछोरी विदेश गएनन्भनेर दुःख मान्ने बाबुआमाले पनि उक्त उपन्यास पढेर त्यहाँको बास्तविक बुझ्नुपर्ने बताएका थिए ।

सोहि अवसरमा वरिष्ठ आख्यानकार घनश्याम परिश्रमिले सिड्नी सपनामा नेपाली डायस्पोराको कथा भएको बताउँदै कृतिले सबै पाठकको मन छुन सफल रहोस् भन्दै लेखकलाई सफलताको शुभकमना दिएका थिए ।

त्यस्तै समालोचक ज्ञानु अधिकारीले ‘सिड्नी सपना’ मा अष्ट्रेलियामा रहेका युवाहरुको कथा समेटिएको तथा मनभरी नेपाल बोकेर विदेशी भूमिमा कर्म गर्ने युवाको कथा सिड्नी सपनाले बोकेको बताएकी थिइन् । उनले अहिलेको युवामा प्रेम केहो, यौन केहो ? आशक्ति के हो ? भन्ने कुरा केही थाहा नभएको र सिड्नीमा रहेका युवाहरु यहि समस्याबाट पीडित भएको उक्त पुस्तकमा चित्रित गरिएको बताएकी थिइन् ।

साहित्यकार प्रोलास सिन्धुलीयले लेखक आफैले देखेर, भोगेर, महसुस गरेर लेखिएको उपन्यास रहेको बताएका थिए ।

मन्जिला शर्माको संचालन रहेको उक्त कार्यक्रममा अन्तराष्ट्रिय साहित्य समाज अष्ट्रेलिया च्याप्टरकी पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहेकी लेखक घिमीरले अष्ट्रेलिया पुगेपछि नेपाली विद्यार्थीहरुले भोग्नु पर्ने अभाव, संर्घष र दुःखको कथाहरु आफ्नो उपन्यासमा रहेको बताइन् । उनले उपन्यासमा २० प्रतिशत आफ्नै र ८० प्रतिशत अरु युवाहरुको कथा रहेको बताएकी थिइन् ।

घिमीरको सन् २०१३ मा कविता संग्रह ‘ग्रहण’ सार्वजनिक भएको थियो ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १५:१९ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...