back
CTIZAN AD

आर्थिक विज्ञहरु पनि भन्न थाले–’नो ट्याक्स : नो एनसेल’

वि.सं.२०७६ वैशाख १५ आइतवार

693 

shares

१५ बैशाख, काठमाडौँ । आर्थिक विषयका जानकारहरूले एनसेलले सरकारलाई तिर्नुपर्ने बाँकी रहेको पूँजीगत लाभकर उठाउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । संवाद डबलीले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले राज्यले एनसेलबाट उठाउनुपर्ने लाभकर उठाउन प्रयास नगरेकाले जनस्तरबाट ‘नो ट्याक्स ः नो एनसेल’ अभियान शुरु गरेको जानकारी दिए ।

विसं २०७२ चैतमा स्वीट्जरल्याण्डको टेलिया सोनेरा कम्पनीले मलेशियाको एनसेल प्राइभेट लिमिटेडलाई ८० प्रतिशत शेयर बिक्री गरेको थियो । एनसेलले सरकारलाई लाभकरवापत रु ४० अर्ब तिर्न बाँकी रहेको र उसले रु १४ अर्ब तिर्न तयार रहेको पनि वक्ताले जानकारी दिए ।

पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले भने, “नेपालमा हालसम्म रु २४० खर्बको भ्रष्टाचार भएको दस्तावेज प्रकाशमा आएको छ ।” एनसेल प्रकरण पनि भ्रष्टाचारको एउटा ठूलो अंश भएको विचार व्यक्त गर्दै उनले एनसेलले पूँजीगत लाभकरवापत राज्यलाई बुझाउनुपर्ने रु ६० अर्ब ७१ करोड उठाउनुपर्ने रकम उठाउनेतर्फ कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकाले नै आफ्नो स्वार्थका कारण चासो नदिएको बताए ।

आफ्नो नेतृत्वमा सुकदेव खत्री, विदुर मैनाली, कृष्ण देवकोटा, जगदीश बराल, महेश डङ्गोलको टोलीले विसं २०७४ माघमा सर्वोच्च अदालतमा चुनौती दिएको उनले बताए ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एनसेलले पूँजीगत लाभकर नतिरेसम्म एनसेलको सिम बहिष्कार गर्न आग्रह गर्दै एनसेलविरुद्ध सर्वोच्च अदालतमा चार रिट परेको जानकारी दिए । उनले सर्वोच्चले नेपाल सरकारलाई लाभकर तिर्न आदेश दिए पनि त्यसलाई उल्ट्याउँदै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले लाभकर नउठाउन दिएको आदेश संविधानविपरीत तथा गैरकानूनी भएको बताए ।

नायिका रेखा थापा, बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष रमेश बस्याल तथा इन्टरनेशनल लाइफ कोच नरबहादुर कार्कीले एनसेलबाट उठाउनुपर्ने पूँजीगत लाभकर नउठाई राजनीतिक नेता तथा कर्मचारीतन्त्रले भ्रष्टाचार गरेको आरोप लगाउँदै त्यसलाई जनदबाब सिर्जना गर्न “नो ट्याक्स ः नो एनसेल’ अभियान शुरु गरिएको बताए ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १६:१० मा प्रकाशित

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...