back
CTIZAN AD

पक्राउ परेका एनआरएनए युएईका अध्यक्ष रिहा

वि.सं.२०७६ वैशाख १५ आइतवार

711 

shares

दुबईमा पक्राउ परेका गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ रिहा भएका छन् । शुक्रबार पक्राउ परेका श्रेष्ठ आइतबार बिहान ११ बजे रिहा भएका छन् ।

दुबईमा म्यानपावर व्यवसाय गर्दै आएका झापाका शंकर श्रेष्ठसँगको व्यवसायिक लेनदेनमा भएको समस्याका कारण आफूलाई पक्राउ गरिएको र कारोबार मिलाएर आफू रिहा भएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

आफूले लिएको पैसा फिर्ता दिन दुई महिनापछिको चेक दिएको तर नगद दिन शंकर श्रेष्ठलाई गएको हप्ता नै आफ्नो कार्यालयमा चेक लिएर आउन भने पनि उनी नआएको र पक्राउ गराएर आफ्नो चरित्र हत्या गर्न खोजेको अध्यक्ष श्रेष्ठले बताए । तर यूएई प्रशासनले आफूलाई सोधपछु गरेको र सकुशल रिहा गरेको श्रेष्ठले बताए ।

झापाका शंकर श्रेष्ठले भने आफूसँगको आर्थिक लेनदेन दुई वर्षसम्म नमिलाएकाले प्रहरीमा उजुरी दिएको बताए । आफूले कसैको चरित्र हत्या गर्न नखोजेको र आफ्नो सरोकार पैसा फिर्ता गराउनु मात्रै रहेको श्रेष्ठको भनाई छ ।

दुबै जनाले यूएईमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् । रमेश श्रेष्ठ र व्यवसायिक साझेदारी गरिरहेका व्यवसायी शंकर श्रेष्ठबीच लामो समयदेखि कारोबारका विषयमा विवाद थियो ।

धुर्मुस–सुन्तली साँझ कार्यक्रम चलिरहेका बेला श्रेष्ठ कसैले बोलाएपछि बाहिरिएका थिए । त्यसपछि श्रेष्ठ नफर्किएको र उनी पक्राउ पर्नुमा कार्यक्रमसँग कुनै सम्बन्ध नभएको भन्दै आयोजकले सामाजिक काममा विवाद ल्याउन षडयन्त्र भएको बताएको छ ।

वि.सं.२०७६ वैशाख १५ आइतवार १७:१९ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...