
कतार नेपाली एकता समाज सहानीय एरिया समितिको विशेप पहलमा २४ अप्रिलका दिन पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
कतार नेपाली एकता समाज अल बन्दरीय इकाई समितीका उपाध्यक्ष भोजपुर जिल्ला हतौगौडी गाउँपालिका वार्ड नं.२ बस्ने टिकाराम बस्नेतका ३० महिने छोरा यलसन बस्नेतको उपचारका लागि कतारी रियल ६,८५० रियल सहयोग गरिएको हो ।
भान्सा कोठामा रहेको ग्याँसको हाइड्रो यसिड सेवन गरेकोले बालकको भित्री आन्द्रामा असर पर्न गएकोले यथासीघ्र अप्रेशन गर्नुभन्दा अरु विकल्प नरहेकोले संकलित रकम अध्यक्ष हेमन्त वाईवाद्धारा सहानीय एरिया समितिले सहानीया (यूसीसी) कम्पनीको प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दै पीडीत टिकाराम बस्नेतलाई हस्तान्तरण गरेका थिए ।
साहानीय एरिया समितिले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्षता प्रिजल राई, प्रमुख अतिथि हेमन्त वाईवा, कतार नेपाली एकता समाजको प्रथम उपाध्यक्ष धन बहादुर परियार, महासचिव खिम बूढा मगर, कोषाध्यक्ष राम ईन्दल थिंग हाँक साप्ताहिक पत्रकार उद्धव मगरको विशेष उपस्थितीमा भएको कार्यक्रम सञ्चालक सरोज लावतीको रहेको थियो भने स्वागत मन्तव्य धिरज परियार, मन्तव्य टिकाराम बस्नेत, मेघनाथ सुनुवार, रहेको थियो ।
कार्यक्रममा वोल्दै कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाले प्रशिक्षण समेत दिएका थिए । ‘हाम्रो संकलित रकम एउटा सानो पाटो मात्रै हो तर हामीले गर्नु पर्ने अरु धेरै बाँकी रहेको छ,’ उनले भने, ‘हामी मजदूर मजदूर नै रहने हो, हामीले जत्तिनै घरपरिवार व्यवस्थापन गर्छु भन्दा पनि त्यो अवस्था नरहेको र देशको वागडोर हाँक्ने राज्यसत्ता नै त्यो खालको भएकोले अबको दिनहरुमा कतारमा रोजी रोटीको लागी आउनु भएको आम नेपाली मजदुरहरु एक भएर कतार नेपाली एकता समाजको झण्डामुनि गोलबन्द हुनु हुनु आवस्यक छ ।

उनले नागरिकता विधेयक विषयमा कुरा गर्दै गृहमन्त्रीले जारी गरेको परिपत्रबाट देशको राष्ट्रियतामा गम्भीर आँच पुग्ने र देशको अस्तित्व नै खतरामा पर्ने देखिएको विचार राखेका थिए । ‘यदी उक्त विधेयक पास भएमा ठूलो संख्यामा विदेशी नागरिक नेपालको नागरिक बन्ने र त्यसरी नेपाल फिजी बन्ने सक्ने खतरा रहेको र उक्त राष्ट्रघाती नागरिकता विधेयक विचारधीन हुदैगर्दा गृहमन्त्रालयले झन पहिला नै परिपत्र जारी गर्नुका पछाडी विदेशी शक्ती मृख्यत भारतीय विस्तारवादको दवावले काम गरेको बुझिन्छ ।’ उनले भने ।
उनले प्रवासमा छरिएर रहेको नागरिकहरुको पनि त्यतीकै जिम्मेवारी रहने हुनाले देशलाई फिजीकरण हुनबाट जोगाउनको लागी हामी सबै एक हुनु पर्ने वताएका थिए ।
अन्तमा यस सहानीय एरिया समितिले दिन रात नभनी पीडित यलसन बस्नेतको सहयोगको लागी योगदान दिनु हुने सम्पूर्ण कार्यसमितीका सदस्यहरुलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका अध्यक्ष प्रिजल राइृले सहानीय एरिया समितिका सम्पूर्ण सदस्यहरु लगायत सहयोगी भावना सहीत सहयोग गरेकोमा आम नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा धन्यवाद दिंएका थिए ।
वि.सं.२०७६ वैशाख १५ आइतवार १७:५३ मा प्रकाशित


























