back
CTIZAN AD

पार्टी हित विपरीत काम कारवाही एवम् अभिव्यक्ति नदिन कांग्रेसको निर्देशन

वि.सं.२०७६ वैशाख १५ आइतवार

783 

shares

१५ वैशाख, काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको राष्ट्रिय जागरण अभियानलाई अनुशासित बनाउन पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति नदिन निर्देशन दिएको छ ।

काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेको सभापतित्वमा आज बसेको समितिको बैठकले अभियानलाई मर्यादित, अनुशासित एवं व्यवस्थित बनाउन सो निर्णय गरेको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ यही वैशाख २५ गतेदेखि ७७ जिल्लामा एकसाथ शुरु हुँदैछ ।

बैठकले अभियानका क्रममा पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घलाई स्थलगत अनुगमन तथा निरीक्षण गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

वि.सं.२०७६ वैशाख १५ आइतवार २०:०६ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...