back
CTIZAN AD

राई र विश्वकर्माबीच मागी विवाह, परिवार भन्छ–‘रुपान्तरण व्यवहारबाटै हुनुपर्छ’

वि.सं.२०७६ वैशाख १६ सोमवार

711 

shares

१६ बैशाख, काठमाडौं । शनिबार  र आइतबार धरानका एक नवविवाहित  जोडी एकाएक अनलाईन मिडिया र सामाजिक संजालमा भाइरल भयो । कारण थियो दलित समुदायकी बेहुली  र गैरदलित  समुदायबीच मागी विवाह । बेहुला हुन्,  हाल धरान उपमहानगरपालिका १३ का नविन राई ।  बेहुली धरान १५ की शुष्मा कालिकोटे –विश्वकर्मा)  पुरातन नेपाली समाज  र सोचको भाषामा भन्ने हो भने बेहुला कथित  पानी चल्ने  र बेहुली कथित पानी नचल्ने  जात ।

यी दुई जातिबीच  बिहेवारीलाई  अझ पनि नेपाली समाजले पचाउन सकेको छैन ।  तर शुष्मा र नविनले  आधा दशक  लामा चिनजान र प्रेमलदाई  सहज रुपमा विवाहमा परिणत गरे ।  उनीहरुको निर्णयलाई दुवैका परिवारले सहर्ष  स्वीकार पनि गरे ।

प्रेम विवाह गरेका नवीनको परिवारले शुक्रबार साँझ  सुष्माको माइती घरमा पुगेर रित अनुसार  ‘चोरको सोर’ (भगाएर  बिहे गरेपछि  रीत बुझाउने चलन) बुझाएको थियो ।

यी दुवैको विवाहलाई सहज बनाउनका लागि नविनका बुवा मदन राईको विचारले मुख्य भूमिका खेलेको छ । पंचायतकालमा नै बामपन्थी राजनीतिमा थिए ।

त्यस्तै नविनका ठूला दाइ भिम ज्वाला राई  पनि पत्रकारिता सँगै  मजदूर राजनीतिमा सक्रिय छन् । ज्वालाले भने, ‘सामाजिक रुपान्तरणको कुरा भाषण गरेर मात्र हुँदैन ।  व्यवहारमा उर्तानुपर्छ  भन्ने हामी कान्छा भाइ र बुहारीको निर्णयबाट  असाध्यै खुसी छौं ।’  सोमबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ वैशाख १६ सोमवार ०७:५५ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...