१६ बैशाख, खोटाङ । नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहँदा कतिपय विद्यालयलाई विद्यार्थी पाउन धौ–धौ परिहेको छ ।
तर, खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविले भने भर्ना हुन आएका विद्यर्थीको चाप थेग्न नसकेर प्रवेश परीक्षा (इन्ट्रान्स) को सहारा लिनु परेको छ ।
शिशु कक्षा देखि १० सम्म भर्ना हुन आउने विद्यार्थीको चाप बढी भएपछि इन्ट्रान्स लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक अध्यान बहादुर राईले बताए । सोमबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ वैशाख १६ सोमवार ०८:०४ मा प्रकाशित