१६ बैशाख, सोलुखुम्बु । शैक्षिक सुधारका लागि विद्यालयमा शिक्षक र विद्यार्थीले मोबाइल प्रयोग गर्न नपाउने निर्णय गरेको केही समयपछि नै दूधकोशी थुलुङ गाउँपालिकाले विद्यालयको प्रधानाध्यापकका लागि परीक्षा सञ्चालन गर्ने नौलो तरिका अवलम्बन गरेको छ ।
गाउँ शिक्षा समितिले २०७६ लाई ‘शैक्षिक सुधार वर्ष’ कै रुपमा अघि बढाउने सोचले शैक्षिक गुणस्तर वृद्धिका लागि प्रधानाध्यापक खुला प्रतिश्पर्धाबाट नियुक्त गर्ने नीति लिएको प्रमुख प्रशासकिय अधिृकत अविलाल राईले जानकारी दिए ।
आगामी जेठको अन्तिम सम्म विषयगत विज्ञहरुको टोली बनाई १०० अंकभारको लिखित परीक्षा दिनुपर्नेछ भने २५ अंकभारको विद्यालय सुधार योजनाको प्रस्ताव पेश गर्नुपर्नेछ । शिक्षकको अन्तवार्ता पनि लिईने गाउँपालिकाले जनाएको छ । सोमबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ वैशाख १६ सोमवार ०८:१४ मा प्रकाशित