back

कांग्रेसमा १२ सय उजुरीको पोको

वि.सं.२०७६ वैशाख १६ सोमवार

18 

shares

१६ बैशाख, काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्त सम्ममा देशभरबाट प्राप्त भएका झण्डै १२ सय उजुरीको पोको खोल्न सुरु गरेको छ ।

समितिले देशभरबाट प्राप्त उजुरीलाई आइतबारको बैठकबाट खोल्न सुरु गरेको छ । समितिका संयोजक भीष्मराज आङदेम्बेले समितिमा नयाँ ३ सय र पुराना ९ सय गरी करिब १२ सय उजुरी प्राप्त भएको र त्यसलाई खोल्न सुरु गरिएको बताए ।

‘आइतबारको बैठकबाट हामीले उजुरी हेर्न सुरु गरेका छौं । अब उजुरीका विषयमा केस स्टडी हुन्छ । त्यसपछि प्रमाण हेर्छौ,’ समितिका संयोजक आङदेम्बेले भने ।

उनले प्राप्त नयाँ उजुरी मध्ये धेरैजसो स्थानीयतह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको गत निर्वाचनमा पार्टीले तोकेको आधिकारीक उम्मेदवारमाथि भएको अन्तर्घातका गुनासोसँग सम्बन्धित रहेको बताए । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ वैशाख १६ सोमवार ०८:३१ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...