back
CTIZAN AD

आपत पर्दा के अब चीनवाट पेट्रोलीयम पदार्थ आउँछ ?

वि.सं.२०७६ वैशाख १७ मंगलवार

669 

shares

नेपाल र चीनका विच पारवहन सन्धीको प्रोटोकलमा हस्ताक्षर भएको छ । तर अझैपनि चीनवाट नेपाललाई आपत पर्दा पेट्रोलियम पदार्थ आउने गरी सम्झौता भएको छैन ।

नेपाल सरकारले अहिले नै चीनवाट पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौताका सबै पक्ष पूरा गरी त्यो प्रकृया शुरु गरिनु पर्दथ्यो । चीनवाट ल्याइने पेट्रोल विविध कारणले अलि महंगो अवश्यपनि होला । चीनवाट आयात गरिने पेट्रोलियम पदार्थ गुणस्तरिय पनि मानिन्छ । मुख्य कुरा भारतमा मात्र निर्भर भइराखियो भने आगामी दिनमा पनि नाकावन्दीको अश्त्र प्रयोग नहोला भन्न सकिन्न ।

तर नेपाल सरकारले चीनवाट पेट्रोलियम पदार्थ आयात गर्ने वारे कुनै पहल यसपाली पनि गरेन । नेपाल सरकारका ठूलावडाहरुले भारतीय दवावमा यसो गरेको पनि हुन सक्दछ । अथवा आर्यघाट नपुगेसम्म चेत नखुल्ने चलनले गर्दा पनि यस्तो महत्वपूर्ण सम्झौतामा जोड नदिएको हुन सक्दछ ।

चीनवाट पेट्रोलियम पदार्थ ल्याउन सम्झौता कार्यान्वयनको तहमा नगएसम्म अहिले भएको पारवहन सन्धीको वास्तविक औचित्य रहने छैन ।

नेपाल र चीन विच रेल मार्ग वनाउने कुरा भन्दा तत्कालका लागि सडक मार्गलाई वर्षभरि नै चल्ने वनाउन जोड दिनु लाभदायक हुने देखिन्छ ।

रेल मार्ग वनाउन धेरै समय लाग्ने देखिन्छ । भन्ने वेलामा ९ वर्ष भनिएपनि नेपालका कुनैपनि आयोजना समय मै नवनेको हुनाले अझै १० देखि १५ वर्ष लाग्न सक्दछ । यो महंगो पनि छ । किनभने करीव ९० प्रतिशत रेलमार्गमा सुरुंग र पुलहरु वनाउनु पर्ने भएकोले यो महंगो पनि रहेकोछ ।

यसको लागि आवश्यक लगानी वारे अहिले सम्म कुनै छmलफल भएको छैन । चीनले अनुदानमा वनाइदिने भएमा यो सहज होला । नभए, नेपालले त्यो रकम ऋणमा लिनु कतिको फाइदाजनक होला नहोला भन्ने वारे छलफल शुरु भएकोछ ।

चीन संग पारवहन सम्झौता पूरा भएको छ । यसको प्रोटोकलमा पनि हस्ताक्षर भएको छ । यस अनुसार नेपालले चीनका चार समुद्री र तीन सुख्खा वन्दरगाह प्रयोग गर्न पाउने भएकोछ ।

०७२ असोज ३ मा नेपालको नयाँ संविधान घोषणा भएपछि भारतीय सरकारले नेपालमा नाकावन्दी लगाउन शुरु गरेपछि नेपालको लागि वैकल्पिक व्यापार मार्ग वारे तीब्र वहस भएको थियो । यस्तो वैकल्पिक मार्गको आवश्यकता वारे पहिले देखि छलफल भएपनि जोड दिएर तयारी भएको थिएन । तर ०७२ को नाकावन्दीले यसलाई टुंगोमा लान नकारात्मक सहयोग ग¥यो ।

नेपालले अहिले देखि नै चीन सँगको सहमति अनुसार चिनियाँ वन्दरगाह प्रयोग गर्न अहिलेदेखि नै ठोस तयारी तथा शुरुवात गरिनु पर्दछ । यसले नेपाललाई भारतको नाकावन्दीको त्रासवाट मुक्त वनाउनेछ । तर यसकोलागि रेलमार्ग नै कुर्ने गल्ति नेपालले गर्नु हुँदैन । अहिले चलिरहेको रसुवागढि नाका तथा तातोपानी नाका प्रयोग गरेर चीन तथा तेश्रो मुलुक संग व्यापार शुरु गरिनु पर्दछ । यसले भारतीय अनावश्यक दवाववाट नेपाल क्रमश मुक्त हुने स्थिति तयार हुनेछ । तसर्थ रेलमार्गको तयारी गर्दै गर्दा रसुवागढी नाका र तातोपानी नाकाको वाटो फराकिलो वनाउने र वर्षै भरी चल्ने वनाइनु पर्दछ ।

वि.सं.२०७६ वैशाख १७ मंगलवार १५:२२ मा प्रकाशित

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

विश्व राजनीतिक परिदृश्यः विहङ्गम दृष्टि

आजको विश्व राजनीति एक जटिल संक्रमणकालमा छ, जहाँ अमेरिकाको एकाधिकार...

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...