back

एनआरएनए अमेरिकामा फेरि समस्या, अदालतमै मुद्दा दायर

वि.सं.२०७६ वैशाख १८ बुधवार

81 

shares

डिसी । स्थापनाकाल देखि नै विवादै विवादको भुमरीमा जकडिएको एनआरएन अमेरिकालाई अर्को समस्या परेको छ । आगामी मे १८ र १९ मा तय भै सकेको एनआरएनए एनसीसी युएसएको चुनावलाई स्थगित गर्न तथा निर्वाचन समितिका प्रमुख बिश्व बराललाई अयोग्य ठहर गर्न माग गर्दै अदालतमा मुद्धा दायर भएको छ ।

बाल्टिमोर निवासी तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पूर्वउपाध्यक्ष रविना थापा तथा व्यवसायी तथा समाजसेवी नारायण थापाले अमेरिकाको टेनेसी राज्यमा मुद्धा दायर गरेका हुन् ।

एनआरएनए अभियान तथा सामाजिक सेवामा अनुभव बटुलेकी रविना थापा सन् २०१७–२०१९ को लागि अध्यक्षकी उम्मेदवार थिइन् । रबिना थापा तथा नारायण थापा पतिपत्नी हुन् भने यो मुद्धाको सुनुवाई मे १३ मा हुने छ ।

बिश्व बराल,भुवन गुरुङ,अन्जन श्रेष्ठ ,गौरी जोशी ,अध्यक्ष केशव पौडेल लगायत सन् २०१७ कि निर्वाचन समितिका प्रमुखलाई प्रतिवादी बनाईएको छ । अमेरिकाको टेनेसी को नक्स काउन्टी चान्सलरी कोर्टमा गत अप्रिल २६ का दिन दायर गरि मुद्धा दायर संख्या १९६०८१९३ रहेको छ ।
उक्त मुद्धा थापा दम्पतिका तर्फबाट ग्रेगरी ब्राउन र रथ एसम्यानले मुद्धा दर्ता गरेका हुन् ।

एनआरएनएको चुनाव रोक्नु पर्ने,एनआरएन अमेरिकाको साधारण सभा ३० दिन भित्र बोलाउन र नयाँ निर्वाचन प्रमुख नियुक्त गरेर मात्र निर्वाचन गराउन आदेश दिन समेत न्यायालयमा अनुरोध गरेका छन् ।

संस्थाका महासचिव बिआर लामाले सम्पूर्ण सदस्यहरुलाई बिधुतिय डाकद्वारा जानकारी गराएका थिए । उक्त मुद्धाको बिबरण ५० पृष्ठ को रहेको छ । एनआरएन अमेरिकालाई स्थापनाकाल देखि नै मुद्धा खेप्दै आई रहेको छ ।

विवाद र झगडामा अल्झिएको कारण बिश्वकै सर्वाधिक भएको एनआरएनए अमेरिकालाई अस्ट्रेलियाले सदस्य संख्यामा उछिनेको छ । अब बिश्वकै सबैभन्दा ठुलो राष्ट्रिय समन्वय समिति अस्ट्रेलिया भएको छ ।

आसन्न निर्वाचनका लागि उम्मेदारहरुका बहस ,उम्मेद्वारहरु व्यापक प्रचार प्रसारमा लागि रहेको अवस्थामा निर्वाचन स्थगन गरियोस भनि न्यायालयमा मुद्धा दायर भएकोले अन्यौलको स्थिति छाएको छ ।

वि.सं.२०७६ वैशाख १८ बुधवार १४:१५ मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...