back
CTIZAN AD

एनआरएनए अमेरिकामा फेरि समस्या, अदालतमै मुद्दा दायर

वि.सं.२०७६ वैशाख १८ बुधवार

930 

shares

डिसी । स्थापनाकाल देखि नै विवादै विवादको भुमरीमा जकडिएको एनआरएन अमेरिकालाई अर्को समस्या परेको छ । आगामी मे १८ र १९ मा तय भै सकेको एनआरएनए एनसीसी युएसएको चुनावलाई स्थगित गर्न तथा निर्वाचन समितिका प्रमुख बिश्व बराललाई अयोग्य ठहर गर्न माग गर्दै अदालतमा मुद्धा दायर भएको छ ।

बाल्टिमोर निवासी तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पूर्वउपाध्यक्ष रविना थापा तथा व्यवसायी तथा समाजसेवी नारायण थापाले अमेरिकाको टेनेसी राज्यमा मुद्धा दायर गरेका हुन् ।

एनआरएनए अभियान तथा सामाजिक सेवामा अनुभव बटुलेकी रविना थापा सन् २०१७–२०१९ को लागि अध्यक्षकी उम्मेदवार थिइन् । रबिना थापा तथा नारायण थापा पतिपत्नी हुन् भने यो मुद्धाको सुनुवाई मे १३ मा हुने छ ।

बिश्व बराल,भुवन गुरुङ,अन्जन श्रेष्ठ ,गौरी जोशी ,अध्यक्ष केशव पौडेल लगायत सन् २०१७ कि निर्वाचन समितिका प्रमुखलाई प्रतिवादी बनाईएको छ । अमेरिकाको टेनेसी को नक्स काउन्टी चान्सलरी कोर्टमा गत अप्रिल २६ का दिन दायर गरि मुद्धा दायर संख्या १९६०८१९३ रहेको छ ।
उक्त मुद्धा थापा दम्पतिका तर्फबाट ग्रेगरी ब्राउन र रथ एसम्यानले मुद्धा दर्ता गरेका हुन् ।

एनआरएनएको चुनाव रोक्नु पर्ने,एनआरएन अमेरिकाको साधारण सभा ३० दिन भित्र बोलाउन र नयाँ निर्वाचन प्रमुख नियुक्त गरेर मात्र निर्वाचन गराउन आदेश दिन समेत न्यायालयमा अनुरोध गरेका छन् ।

संस्थाका महासचिव बिआर लामाले सम्पूर्ण सदस्यहरुलाई बिधुतिय डाकद्वारा जानकारी गराएका थिए । उक्त मुद्धाको बिबरण ५० पृष्ठ को रहेको छ । एनआरएन अमेरिकालाई स्थापनाकाल देखि नै मुद्धा खेप्दै आई रहेको छ ।

विवाद र झगडामा अल्झिएको कारण बिश्वकै सर्वाधिक भएको एनआरएनए अमेरिकालाई अस्ट्रेलियाले सदस्य संख्यामा उछिनेको छ । अब बिश्वकै सबैभन्दा ठुलो राष्ट्रिय समन्वय समिति अस्ट्रेलिया भएको छ ।

आसन्न निर्वाचनका लागि उम्मेदारहरुका बहस ,उम्मेद्वारहरु व्यापक प्रचार प्रसारमा लागि रहेको अवस्थामा निर्वाचन स्थगन गरियोस भनि न्यायालयमा मुद्धा दायर भएकोले अन्यौलको स्थिति छाएको छ ।

वि.सं.२०७६ वैशाख १८ बुधवार १४:१५ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...