back
CTIZAN AD

प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त

वि.सं.२०७६ वैशाख २० शुक्रवार

705 

shares

२० वैशाख, रुपन्देही । प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् । आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले ल्याउन लागेको बजेटअघि आवधिक योजना, वार्षिक कार्यक्रम र बजेटमाथि छलफल भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बुटवलमा बिहीबारदेखि शुरु भएको आवधिक योजना, बजेट तथा वार्षिक कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य तथा अर्थविज्ञ सहभागी भएका छन् । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई तीव्र आर्थिक विकासको बाटामा अगाडि बढाउन जरुरी रहेको बताए । समष्टिगतरूपमा प्रदेशको विकासलाई अगाडि बढाउन छलफल आयोजना गरिएको उनको भनाइ थियो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा बजेटको प्राथमिकता र क्षेत्रका बारेमा छलफल हुनेछ । योजना आयोगले आर्थिक, सामाजिक, पूर्वाधार विकास, सुशासन र सुरक्षाजस्ता अन्तरसम्बन्धित क्षेत्र छुट्याएर तयार गरेको प्रमुख आयोजना तथा कार्यक्रमबारे सरोकार पक्षको राय लिन कार्यक्रम आयोजना गरिएको हो । साना र टुक्रे योजनामा बजेट खर्च नगरी बजेटलाई ठूला योजनामा लगाउनुपर्ने सदस्यको जोड थियो ।

छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजनालाई समेट्ने गरी बजेटमा योजनालाई प्राथमिकतामा राखिएको बताए । प्रदेश समृद्धिको आधार कृषि, पर्यटन, जल, जमीन र औद्योगिक विकास भएकाले योजना बनाउँदा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

वि.सं.२०७६ वैशाख २० शुक्रवार १४:१५ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...