back

प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त

वि.सं.२०७६ वैशाख २० शुक्रवार

48 

shares

२० वैशाख, रुपन्देही । प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् । आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले ल्याउन लागेको बजेटअघि आवधिक योजना, वार्षिक कार्यक्रम र बजेटमाथि छलफल भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बुटवलमा बिहीबारदेखि शुरु भएको आवधिक योजना, बजेट तथा वार्षिक कार्यक्रमसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य तथा अर्थविज्ञ सहभागी भएका छन् । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई तीव्र आर्थिक विकासको बाटामा अगाडि बढाउन जरुरी रहेको बताए । समष्टिगतरूपमा प्रदेशको विकासलाई अगाडि बढाउन छलफल आयोजना गरिएको उनको भनाइ थियो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा बजेटको प्राथमिकता र क्षेत्रका बारेमा छलफल हुनेछ । योजना आयोगले आर्थिक, सामाजिक, पूर्वाधार विकास, सुशासन र सुरक्षाजस्ता अन्तरसम्बन्धित क्षेत्र छुट्याएर तयार गरेको प्रमुख आयोजना तथा कार्यक्रमबारे सरोकार पक्षको राय लिन कार्यक्रम आयोजना गरिएको हो । साना र टुक्रे योजनामा बजेट खर्च नगरी बजेटलाई ठूला योजनामा लगाउनुपर्ने सदस्यको जोड थियो ।

छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजनालाई समेट्ने गरी बजेटमा योजनालाई प्राथमिकतामा राखिएको बताए । प्रदेश समृद्धिको आधार कृषि, पर्यटन, जल, जमीन र औद्योगिक विकास भएकाले योजना बनाउँदा विशेष ध्यान दिनुपर्ने उनले बताए ।

वि.सं.२०७६ वैशाख २० शुक्रवार १४:१५ मा प्रकाशित

राप्रपा नेपालको बैठक आज बस्दै

राप्रपा नेपालको बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु...

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

ढोरपाटन । बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको...

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

राष्ट्रपति पौडेल भन्छन् – मानवअधिकारको सम्मान भएमात्र संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ

राष्ट्रपति पौडेल भन्छन् – मानवअधिकारको सम्मान भएमात्र संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र...

संकटमा अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

संकटमा अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...