back
CTIZAN AD

बालुवाटार जग्गा प्रकरण : पौडेललाई कारबाही गर्दा ओलीलाई क्षति !

वि.सं.२०७६ वैशाख २० शुक्रवार

726 

shares

२० बैशाख, काठमाडौं । केहि समयअघि नेकपा महासचिव विष्णु पौडेलले क्षतिपूर्ति पाउनु पर्छ भन्दै बोलेका सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटले एकाएक बोली फेरेका छन् ।

उनले बिहिबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा जोकोही भएपनि कारबाही गर्न सरकार पछि नहट्ने दाबी गरे । उनले भने ‘चारतारे लालतारे जोकोही पर्नु भएको छ, उहाँको तथ्य प्रमाणले देखाउँछ भने यसमा कसैलाई पनि हामी छुट दिन सक्दैनौं ।’

बास्कोटाले चारतारे भनेर शेरबहादुर देउवा र लालतारे भनेर विष्णु पौडेललाई इंकित गरेका हुन् । मन्त्री बास्कोटाले पत्रकार सम्मेलनमा बालुटार जग्गा प्रकरणमा सरकारले आँखा नचिम्ली निष्पक्ष छानविन गरी कारबाही गरिने समेत बताएका छन् । उनले भने ‘यसमा म बहुत स्पष्टसँग अनुरोध गर्न चाहन्छु । सरकारले पिठ्युँ फर्काउनेवाला, आँखा चिम्लनेवाला, आँखा झिम्क्याउने वाला छैन, कानमा तेल हाल्ने वाला छैन ।’

सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रीले स्पष्टसँग छानविन गरिन्छ भनेपछि प्रश्न भने गम्भिर खालका उठेका छन् । अनेकन काण्डमा छानविनको नाममा लामो समय झुलाउने र कारबाही नगर्ने सरकारले के आफ्नै नेता जोडिएको यत्रो काण्ड सुल्झाउने आँट गर्ला रु यसअघिका दृष्टान्तले आफ्नैमाथि लागेको आरोप मेटाउन सरकारले प्रकरणलाई नै मोड्ने वा छोप्ने गरेको स्पष्ट पार्छ । तथापी यो काण्ड धेरै नै खुलमखुल्ला ढंगले चर्चामा छ । गरिएको घोटला प्रमाण छताछुल्ल छ ।
अब प्रश्न उठ्छ छानविन र दोषीलाई कारबाही कसरी गर्छ रु के छानविन गरि दोषीलाई कारबाही गर्दा सरकार अनि पार्टीलाई समस्या पर्दैन र ?

सरकारलाई समस्या
सरकार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्पष्ट बहुमतसहित बनेको ऐतिहासिक सरकार हो । दुईतिहाईको छेउमा, स्पष्ट बहुमतसहित बनेको सरकारका प्रधानमन्त्री र धेरै मन्त्रीहरु नेकपाकै छन् । त्यहि नेकपाको पार्टी संरचनामा विष्णु पौडेल महासचिव छन् । सबैभन्दा बढि जनमत प्राप्त नेकपाको शक्तिशाली महासचिव विष्णु पौडेल नै सरकारी जग्गा किनबेच प्रकरणमा आरोपित छन् ।

जसको सरकार छ उसकै विरुद्धमा कसरी छानविन र कारबाही गर्ने रु प्रश्न यता छेडिएको छ । शक्तिशाली महासचिव विष्णु पौडेलको सुपुत्र नविन पौडेलको नाममा रहेको आठ आना जग्गा फिर्ता गराउन र दोषी ठहर भए कारबाही गर्न के सम्भव होला ?

राजनीतिक विश्लेषक मुमाराम खनाल सरकारले जग्गा प्रकरणको छानविन गरी कारबाही गर्न सक्ने आँट नगर्ने बताउँछन् । ‘गोकुल बास्कोटाको भनाई त जनतालाई झुक्याउन भनिएको मात्रै हो । जुन मान्छेलाई कारबाही गरिन्छ उ नै राजनीतिक नेतृत्वमा छ । त्यहि व्यक्तिलाई नै कारबाही गर्ने प्रपञ्च भनेको झा् ढाकछोप गर्ने नियत मात्रै हो ।’ विश्लेषक खनालले छानविन नै गरिए पनि पनि आफू अनुकुल हुने र त्यहिलाई नै वैधानिकता दिइने बताउँछन् । नेपाली राजनीतिक नेतृत्वमा दलाल र भूमाफियाको प्रत्यक्ष असर पर्दै गएको उनको विश्लेषण छ ।

विष्णु पौडेल प्रधानमन्त्री केपी ओलीका अत्यन्तै विश्वास पात्र हुन् । ओलीको अनुपस्थितिमा ओलीका तजबिजका निर्णय गराउन पौडेल अगाडि सर्छन् । पार्टीभित्र उनको बेग्लै शक्तिशाली धार पनि छ । उनलाई कारबाही गर्दा पार्टीलाई नै नैतिक रुपमा समस्या पर्न सक्ने विश्लेषक खनालको भनाई छ ।

पौडेललाई कारबाही गरे ओली कमजोर
यदि महासचिव पौडेललाई दोषी पाइए र कारबाही गरे प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलीलाई समस्या हुने नेकपाका एक नेता बताउँछन् । ओलीका नजिकका विश्वास पात्र र ओली गुटलाई बलियो बनाउन अहिलेसम्म भूमिका खेल्ने नेताका रुपमा पार्टीभित्र पौडेललाई लिने गरिन्छ । यदि पौडेल कारबाही परे पद डिमोसन वा पदच्यूत वा पार्टीबाटै निलम्बनसम्म हुनसक्छ । जसले सिधा–सिधा ओली गुटलाई ठूलो क्षति बनाउन सक्छ ।

कारबाही नगर्ने वा नगरी छाँयामा पार्ने दृष्टान्त
निर्मला पन्त प्रकरणमा धेरै छानविन भयो सँगै कतिपयलाई अनेकन शिर्षकमा दोषी करार गरि कारबाही पनि भयो । तथापि अहिलेसम्म निर्मला पन्त बलात्कार प्रकरणको वास्तविक घटना बाहिर आउन सकेको छैन् । काण्डलाई सार्वजनिक गर्दा सरकारलाई के फाइदा पुग्यो वा पुग्थ्यो त्यो रहस्यमै विषय हो ।

यस्तै सरकारकै कतिपय मन्त्री र पूर्वप्रधानमन्त्रीहरु अनि मन्त्रीहरु जोडिएको वाइडबोडी काण्ड अहिले शान्त अवस्थामा छ । वाइडबोडी जहाज प्रकरणले नेपाल वायुसेवा निगम उठ्नै नसक्ने गरि टाट पल्टदैं गरेको स्पष्ट हुँदाहुँदै पनि सरकारले त्यसलाई गम्भिरतापूर्वक छानविन गर्ने र दोषीलाई कारबाही गर्ने आँट देखाएन ।
काण्डमा मुछिएर चर्चामा आएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको दुर्घटनामा परि निधन भएसँगै वाइडबोडी काण्ड झनै हराउने स्थितिमा पुगेको छ ।

राजनीतिमा कहिले काँही एउटा काण्ड छोप्नको लागि अर्को काण्ड वा घटना घटाइन्छ भने झैं वाइडबोडी काण्ड तत्कालिन समयमा गोविन्द के।सी।को आन्दोलन मार्फत छाँयामा पार्ने प्रयत्न भएको थियो । निर्मला बलात्कार काण्डलाई छाँयामा पार्न बामदेव गौतमलाई मिडियामा अतिरञ्जित गराइएको विषयमा छर्लङ्गै छ ।
जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेल मात्रै होइन हिजोका विभिन्न समयमा भएका प्रधानमन्त्रीहरु समेत जोडिएका छन् । सन्त नेता कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईसम्मको नाम आएको छ । के भएभरका शिर्ष तहका नेतामाथि छानविन गरी कारबाही गर्ने अवस्था रहन सक्ला रु कृष्णप्रसाद भट्टराई त स्वर्गीय भइसके उनको पक्ष विपक्षमा जे फैसला गरे पनि समस्या भएन तर अरुको सम्बन्धमा त समस्या पर्छ नै ।

अन्त्यमा,
जग्गा किनबेच प्रकरणलाई स्पष्टसँग छानविन गरी दोषी भए कारबाही गर्न सरकार पछाडि हट्नु हुँदैन् । गोकुल बास्कोटाले भने झैं दोषीलाई कारर गरी अगाडि बढ्दा सरकार अनि कुनैपनि पार्टीलाई घाटा पर्दैन् । तत्कालिन रुपमा कुनै गुट वा व्यक्तिलाई लाभ भएपनि दिर्घकालिन रुपमा नेपाली राजनीतिको स्वच्छता र नेताहरुको नैतिकतामाथिको प्रश्न भने उठ्ने छैन् । अनेकन मुद्दामा आरोपित हुने र थोरै पनि नैतिकता नदेखाउने नेपाली राजनीतिमा नयाँ संस्कृतिको विकास हुनेछ । नेताहरु पार्टी र जनताप्रति थोरै जिम्मेवार र नैतिकवान बन्न जाने अवस्था बन्न सक्छ ।

पछिल्लो समय नेकपाभित्रै दोषी भए कारबाही गर्नुपर्छ भन्ने आवाजहरु आउन थालेको छ । यसैगरि नेपाली कांग्रेसभित्रका धेरै नेताले समेत स्पष्ट छानविन गरि जोकोही मुछिएको भएपनि कारबाही गर्नुपर्ने माग गरेका छन् । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह के।सी।, प्रकाशमान सिंह, गगन थापा लगायतले स्पष्टसँग छानविन गर्न माग गरेका छन् । यता पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले पनि संसदमा कुनै ढंगबाट आफुूँ दोषि भए कारबाही भोग्न तयार रहेको स्पष्ट पारेका छन् । उनले सरकारसँग कडा रुपमा छानविन गर्न समेत अनुरोध गरेका छन् ।

वि.सं.२०७६ वैशाख २० शुक्रवार १४:१२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...