back
CTIZAN AD

हङकङमा मनाइने मे दिवसमा नेपाली कामदारको ऐक्यबद्धता

वि.सं.२०७६ वैशाख २० शुक्रवार

789 

shares

हङकङ । हङकङको केन्द्रविन्दु मानिने अति व्यस्त सडकमा कामदारहरुको विभिन्न संगठनहरुले १३० औं अन्तराष्ट्रिय मजदुर दिवस मनाएका छन् ।

लामो ¥यालि प्रर्दशन गर्दै विभिन्न क्षेत्रका हजारौं कामदारहरुले बुधबार मध्यान्न उक्त दिवश मनाएका हुन् ।

हङकङको ट्रेड युनियनले मुख्य अगुवाई गरेको उक्त मजदुर दिवसमा ‘नेपाली निर्माण कामदार युनियन हङकङ’, सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना), ‘नेपाली जनप्रगतिशील मञ्च हङकङ’, ‘ओभरसिस नेपाली वर्कस एसोसिएसन’, ‘घरेलु कामदार युनियन’ लगायत विभिन्न नेपाली संघ–सस्थाहरुले ¥यालिमा एक्यवद्घता जनाएको थियो ।

“वी आर वर्कअर-वी आर नट सेभ’ अर्थात हामी कामदार हौं– हामी सुरक्षीत छैनौ । अप्लै द स्ट्याण्डर वर्किङ आवर । कामदारुहरुको ज्याला वृद्धी गर । धेरै तहमा हुने ठेक्कापटा बन्द गर । ८ घण्टा भन्दा बढि काममा लगाउन पाइदैन । नाफा भन्दा पहिला सुरक्षाको प्रत्याभूति होस् । कामदारहरु मेशिन होइन । विश्वको मजदुर एक होऔं । मजदुर एकता जिन्दावाद । आकासिंदो महँगी नियन्त्रण गर । नेपाली कामदार माथिको भिषा प्रतिवन्ध फुकुवा गर । समान कामको समान ज्याला देउ । आइएलओ महासन्धि पूरा गर जस्ता नाराहरु थिए ।

हङकङको अति ब्यस्त स्थानहरु कजवे–बे स्थित भिक्टोरिया पार्क बाट सुरु भएको मजदुर ¥यालि सुगर स्ट्रिट, हेनेसी रोड, रोड्नी स्ट्रिट हुदै सेन्ट्रल गभरमेण्ट अफिस अगाडि पुगेर सभामा परिणत भएको थियो ।

हङकङका कार्यकारी प्रमुख केरी लामको कार्यालय भवन अगाडि भएको सभामा यहाँको स्थानिय चाइनिज मजदुर संघ–सस्था तथा विभिन्न देशका श्रमिकहरुको संगठनले आ–आफ्नै ज्ञापन–पत्र वुझाएको थियो ।

हङकङ सरकारले कामदारको तलब यो वर्ष प्रति घण्टा हङकङ डलर ३४.५ देखी हङकङ डलर ३७.५ वृद्घि गरेको थियो । तर, उक्त वृद्घि अहिलेको महंगो वृद्घिदरको आधारमा भने धरे नै कम भएको अगुवाइ सस्थाहरुले बताएका छन् । सरकारको निति मालिकहरुको पक्षमा रहेको आरोप समेत लगाएको छ ।

हङकङमा वार्षिक १०० कामदारहरु काम सम्बन्धी घाइते अपाङ्ग तथा विमारीको कारण मृत्यु हुने एक अध्ययनले बताएको छ । लामो समय काम गर्नु, परिवार संग घुलमेल हुने समय नहुनु, कामदर रोर्वटकै रुपमा प्रयोग गरिनु, तलब कम हुनु जस्ता कारण रहेको बताइएको छ ।

हङकङको स्थानिय चाइनिज संगै विदेशी निर्माण तथा घरेलु कामदारहरुको सयौं संघ-सस्थाले एक्यवद्घता जनाएको उक्त ¥यालिमा ५ हजार भन्दा धेरै जनसंख्याले भाग लिएको ट्रेड युनियनले बताएको छ । तर, हङकङ पुलिसले त्यत्रो संख्या नभएको बताएको छ ।

हङकङमा हुने मे डे अर्थात अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा हरेक वर्ष यहाँका नेपाली संघ–सस्थाहरुले भाग लिदै आएको छ । मजदुर दिवसमा भाग लिने नेपालीहरुको विभिन्न संघ–सस्थाहरुले हरेक वर्ष आ–आफ्नै माग पत्र वुझाउदै आएका छन् ।

वि.सं.२०७६ वैशाख २० शुक्रवार १९:११ मा प्रकाशित

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...