back
CTIZAN AD

राष्ट्रिय सम्पत्तिमा महानरगकै गिद्धे दृष्टि, यसरी रोक्यो अदालतले

वि.सं.२०७६ वैशाख २२ आइतवार

603 

shares

२२ बैशाख, काठमाण्डौं । बागदरबार भत्काएर नयाँ भवन बनाउने काठमाण्डौ महानगरको योजना सर्वोच्च अदालतको आदेशसँगै सपना बनेपछि महानगरका हर्ताकर्ताहरु निराश बनेका छन् ।

काठमाण्डौका तारे होटलहरुले करोडौ कमिसन दिने प्रलोभन देखाएपछि महानगरका केहि जनप्रतिनिधी र कर्मचारीहरु बागदरवार जसरी पनि भत्काउने लविङमा थिए । बर्षौ पुराना काठ, सिलिङ्गका फलामका पाता र इटा कवाडिमा तारे होटलहरुलाइ बेचेर कमिसन खाने योजनामा महानगरका हर्ताकर्ता हरु रहेका थिए ।

तपाईलाई लाग्ला कवाडिका समान तारे होटललाइ के काम ? त्यस्तो होइन रहेछ । होटलहरुले आफ्ना ग्राहकलाइ काठमाण्डौको ऐतिहासिकता देखाएर आर्किषत गर्न पुराना सामानहरु संग्रहितगर्ने गर्छन् । यहि मेसोमा बागदरवारका सय बर्षभन्दा पुराना काठ, फलामका पाता र इटा होटल मालिकहरुले खरीद गर्न खोजेका थिए ।

महानगर उच्च स्रोतका अनुसार बागदरवारमा रहेका २६ कोठा, केहि चोटा र बाहिरी भित्री बार्दलीका सिलिङमा रहेका फलामका पाताहरुमा होटल मालिकहरुको बिशेष रुचि थियो । होटल मालिकहरु यस्ता पाताहरुको राम्रै मूल्य दिन तयार रहेका थिए ।

महानगरका उच्च ओहोदाका कर्मचारीमार्फत् महानगरका प्रमुख र उपप्रमुखसम्म कुरा पुगेको थियो । कवाडिको भाउमा बेच्न मिल्ने सामानको नसोचेको कमिसन आउने भएपछि नेतृत्व भत्काउने निर्णयमा पनि पुगेको थियो ।

कवाडिमा बेचिने मानिएका शिलिङका पाताको प्रति पाता १२ लाख रुपिया दिने सहमति भएपछि महानगर जसरी पनि बागदरवार भत्काउन लागि परेको थियो । महानगरका एक कोठामा १० देखि १३ वटा सम्म यस्ता पाताले सिलिङ बनेका छन् ।

यसरी हेर्दा यस्ता पाताको मूल्य ३१ अर्व भन्दा धेरै हुने बताइएको छ । यसैगरी कलात्मक काठ र इटा पनि २ अर्व माथिका रहेको स्रोतको दाबि छ । अहिले सर्बोच्च अदालतले नभत्काउन र रेक्ट्रोफिटिङ गर्न आदेश दिएपछि पुरातत्व विभागले शंरक्षण गरेको छ ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १६:२१ मा प्रकाशित

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...