back
CTIZAN AD

खुल्लामञ्च प्रकरण, भेटवाल, अनि के हुँदैछ त भ्यूटावर  ?

वि.सं.२०७६ वैशाख २२ आइतवार

729 

shares

२२ बैशाख, काठमाडौं । खुलामन्च  अतिक्रमण  प्रकरण अहिले केही मत्थर जस्तो देखिदैंछ ।

पुरानो बासपार्कमा बन्न लागेको काठमाडौं भ्यु टावर निर्माण कम्पनीले अतिक्रमण गरेको भनिएको खुल्ला मन्चका टहराहरु भत्काइएसँगै सबै समस्याको समाधान भएजसरी विषय स्थान्तरण हुँदै गएको अनुमान गर्न सकिन्छ ।

काठमाण्डौं भ्युटावर निर्माण गर्ने  इनोभेटिभ  कन्सेप्ट  प्रा.लि  विगत  लामो समय देखि विवादीत निर्माण कम्पनी हो । तर, काठमाण्डौं महानगरका महत्वपूर्ण र आम्दानीमुलक  निर्माण भने सोहि कम्पनीले  नै  पाउदै आएको छ । काठमाण्डौं महानगरपालिकाका प्रमुख केशव स्थापित नेतृत्वमा रहँदा ०५७ कार्तिक १ मा सुरु  सम्झौता  भएयता नेतृत्व जति परिवर्तन  भएपनि  आकासे पुल  निर्माण र सञ्चालन, काठमाण्डौं  अफ भ्युटावर  निर्माण र सञ्चालनको  जिम्मा मनोज भेटवालको कम्पनीले  पाइराखेको देखिन्छ ।

०५७ साल यता स्थापीत र वर्तमान  नगरपीता विद्या सुन्दर शाक्य  जननिर्वाचित प्रतिनिधि हुन् । विचमा मोहन श्रेष्ठ पनि राजाले सम्पन्न गरेको निर्वाचनबाट निर्वाचित  नगरप्रमुख भएका थिए । जनप्रतिनिधि बाहेक सरकारी उच्च ओहदाका  कर्मचारीबाट  पनि महानगर लामै समय सञ्चालित भयो । हालका प्रमुख  निर्वाचन आयुक्त  दिनेश थपलिया,  गणेश राई, रुद्र सिंह तामाङ,आनन्द राज पोखरेल, यादव कोइराला लगायतका उच्च पदस्थ कर्मचारीहरुले पनि महानगर हाँकीसकेको छन् । यी नेतृत्वमा जो आए पनि  सबैका प्रिय भेटवाल नै भएको पाइन्छ ।

भेटवाल यसरी पाउँछन् ठेक्का

स्थापित नगर प्रमुख भएको समयमा काठमाण्डौं महानगरको ठेक्का प्रणालीभित्र छिरेका भेटवाल १९ वर्षदेखि  निरन्तर सोहि ठेक्का प्रणालीमै छन् ।  ०५७ कार्तिकमा कामनपाको आकासे पुल सञ्चालनो ठेक्का भेटवालले पाएका  थिए । त्यसपछि  भेटवाल  आफै आकासे पूल  निर्माणमा  लागे । पछिल्लो समय काठमाण्डौं भ्यु टावर  जस्तो ‘ड्रिम प्रोजेक्टमा’ समेत भेटवाल नै छानिए ।

यस्तो कसरी भए होला ?

हामी सम्बन्धीत  पक्षहरुसँग  पस्यौं । निजी सरकारी साझेदारीमा निर्माण हुने यस्तो संरचनाहरुको सन्चालन ठिक  तरिकाले नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च  अदालतले समेत समय–समायमा चासो व्यक्त गरेको  पाइन्छ ।  तर पनि  आकासे पूल र टावर निर्माण भेटवालले नै  पाउने गरेका छन् ।

पछिल्लो पटक  हालका सामान्य प्रशासन सचिव  यादव कोइराला महानगरको कार्यकारी प्रमुख रहेकै सयममा  महानगर प्रहरीका प्रहरी नायव  उपरीक्षक धनपती सापकोटाले खुल्ला मन्चका टहरा भत्काउन खोज्दा कोइरालाले रोकेको महानगरका कर्मचारीहरु बताउँछन् ।  ति टहरा भत्काउन रोक्नका लागि १ करोड ५० लाख रुपैयाँ भेटवालले खर्च गरेको महानगरका कर्मचारीहरुले  संसारन्युजलाई बताए ।

पछिल्लो पटक  खुल्ला मन्चका  टहरा  भत्काउन  सिधै प्रधानमन्त्रीको तहबाट आदेश आउनु र महानगरका प्रमुख, उपप्रमुख मौन बस्नुले पनि  कहिकतै चलखेल  थियो भन्ने बुझ्न सकिन्छ ।  अझ  मुद्दा पेचिलो बनेको समयमा कार्यकारीले सरुवा मागेर शक्तिशाली मन्त्रालय पाउनु पनि ‘दालमे कुछ काला हे’ भन्न सकिन्छ ।

हाल भूमिगत रहेको भनिएका भेटवालले पनि  ठेक्का हात  पार्न  प्रतिशतको खेल नखेली नहुने बताएका छन् ।

टावर वा आकासे पुल निर्माणमा पनि आपूले  निश्चित  प्रतिशत  सम्बन्धीत तहमा पुर्याएको भेटवालको दावी छ । केही सकारात्मक भेटवाल विवादीत व्यक्ति हुन् ।  खुल्ला मन्चमा उनले विभिन्न बहानामा कब्जा गरेकै छन् । यसका पछाडि  भेटवाल मात्रै थिए । त्यो  सम्भव छैन ।  कार्यकारी रुद्र सिंह  तामाङ  रहेको समयमा खुल्ला मन्चमा व्यापारीलाई  हस्तान्तरण गरिएको थियो । यता ३० वर्षे  परियोजनाको रुपमा रहेको भ्यु टावरका बाइ प्रोडक्टको रुपमा मात्रै खुल्ला मन्च  प्रकरण आएको हो ।

काठमाण्डौं भ्यु टावरमा १ अर्ब ४० करोड खर्च भइसकेको छ । मुख्य आधार तयार भइसकेको भेटवालको दावी छ ।  काठमाण्डौ तीन तले पार्किङको सबै संरचना  बनिसकेको छ ।  यसमाथि स्टील फर्निसिङ मात्रै बाँकी रहेको छ ।

हालसम्म भ्यू टावरको अण्डरग्राउण्ड ३५ फिट कंक्रिट वालको काम सकिएको छ । जसमा वरिपरीबाट पिल्लर वाल लगाएर दायाँ बायाँका घर भत्किनबाट रोकिसकिएको छ । अब भारतको चेन्नाईबाट आउँदै गरेको  माटो फाल्ने मेशिनले ७० हजार घनफिट माटो फालेपछि ग्राउण्ड क्लियरिङ हुने  बताइएको छ । माटो फाल्ने मेशिन चेन्नईबाट हिडिसकेको बताइएको छ । प्राबिधिकहरुका अनुसार त्यो माटो फाल्नलाई निरन्तर काम गर्दा पनि छ महिना लाग्न सक्छ ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १६:०४ मा प्रकाशित

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...