back
CTIZAN AD

इजरायली आक्रमणमा गर्भवती महिला र उनको बच्चा नमारिएको दाबी

वि.सं.२०७६ वैशाख २२ आइतवार

603 

shares

२२ वैशाख, जेरुसेलम । इजरायलको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेको दाबीको इजरायली सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएको इजरायली सेनाको दाबी रहेको छ ।

आतङ्ककारी संगठनले फैलाएको यो एक प्रचार मात्र भएको इजरायली सैनिक प्रवक्ता रोनेन मनेलिस्ले आफ्नो ट्वीटमार्फत बताएका छन् ।

इजरायलले गरेको हवाई आक्रमणमा मारिएका भनिएका यी आमा र छोरीलाई हमास समूहले हतियारको प्रयोगबाट मारिएका रोनेनले बताएका छन् ।

सेनाका प्रवक्ता रोनेन अन्य विस्तृत विवरण भने केही पनि बताएनन् । दुभाग्यबस भएको यस मृत्युको कारण इजरायलको शस्त्रअस्त्र नभइ हमाजले प्रयोग गरेको रकेट र विस्फोटक पदार्थ भएको सेनाका प्रवक्ताले बताएका छन् ।
इजरायलले गरेको हवाइ आक्रमणमा अबु आरार र उनकी १४ महिनाकी छोरीको घरमा नै मृत्यु भएको गाजाका स्वास्थ्य मन्त्री शनिबारले बताएका थिए ।

प्यालेस्टाइनी आतङ्ककारी समूहले गाजातर्फबाट ४ सय ३० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १५:१० मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...