back

इजरायली आक्रमणमा गर्भवती महिला र उनको बच्चा नमारिएको दाबी

वि.सं.२०७६ वैशाख २२ आइतवार

36 

shares

२२ वैशाख, जेरुसेलम । इजरायलको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेको दाबीको इजरायली सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएको इजरायली सेनाको दाबी रहेको छ ।

आतङ्ककारी संगठनले फैलाएको यो एक प्रचार मात्र भएको इजरायली सैनिक प्रवक्ता रोनेन मनेलिस्ले आफ्नो ट्वीटमार्फत बताएका छन् ।

इजरायलले गरेको हवाई आक्रमणमा मारिएका भनिएका यी आमा र छोरीलाई हमास समूहले हतियारको प्रयोगबाट मारिएका रोनेनले बताएका छन् ।

सेनाका प्रवक्ता रोनेन अन्य विस्तृत विवरण भने केही पनि बताएनन् । दुभाग्यबस भएको यस मृत्युको कारण इजरायलको शस्त्रअस्त्र नभइ हमाजले प्रयोग गरेको रकेट र विस्फोटक पदार्थ भएको सेनाका प्रवक्ताले बताएका छन् ।
इजरायलले गरेको हवाइ आक्रमणमा अबु आरार र उनकी १४ महिनाकी छोरीको घरमा नै मृत्यु भएको गाजाका स्वास्थ्य मन्त्री शनिबारले बताएका थिए ।

प्यालेस्टाइनी आतङ्ककारी समूहले गाजातर्फबाट ४ सय ३० भन्दा बढी रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १५:१० मा प्रकाशित

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

गाजा पट्टी, प्यालेस्टाइनी अधिनस्थ क्षेत्र । हमासले कैदी रिहाइको माग...

हिमपातका कारण पूर्वी चीनमा अनलाइन पढाइ

हिमपातका कारण पूर्वी चीनमा अनलाइन पढाइ

जिनान । सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको...

कोप-२८ मा अनावश्यक रणनीतिक अवरोध हटाउन आग्रह

कोप-२८ मा अनावश्यक रणनीतिक अवरोध हटाउन आग्रह

दुबई । दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घण्टा अघि...

हिमपातले बेइजिङमा सडक यातायात अवरुद्ध

हिमपातले बेइजिङमा सडक यातायात अवरुद्ध

बेइजिङ । आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा...

टेनेसीमा भीषण आँधीका कारण ६ जनाको मृत्यु, २३ जना घाइते

टेनेसीमा भीषण आँधीका कारण ६ जनाको मृत्यु, २३ जना घाइते

ह्युस्टन । अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा...

अमेरिकामा गोली आक्रमण: ३ जनाको मृत्यु,१ घाइते

अमेरिकामा गोली आक्रमण: ३ जनाको मृत्यु,१ घाइते

न्यु योर्क । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा...