
सोमनाथ हुँमागाई ।
न्यूयोर्क, यही अप्रिल २८, २०१९ आईतवारका दिन सम्पन्न किरात याक्थुङ चुम्लुङ अमेरिकाको ७औं महाधिवेशनबाट वीरेन्द्र हाङ लाबुङ लिम्बुको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन भएको छ।
स्थानीय न्युयोर्क शहर अमेरिकामा सम्पन्न उक्त महाधिवेशन, प्रमुख अथिति नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष मान राणामगरले दीप प्रज्वलन गरेर उत्घाटन गरेका थिए । चुम्लुङ अमेरिकाको नेतृत्वमा आउँन धेरैले इच्छा राखेको हुनाले सर्वसम्मतिमा आउँन निकै सकस परेको थियो । तर निर्वाचन समितिका संयोजक लीला सिंघक सदस्य मुनिन्द्र नेम्वाङ र जोविन कुरुम्भङ लगायत सबै उपस्थित लिम्बुहरूको बिशेष पहल र भुमिकामा समिति सर्वसम्मतिमा चयन भएको थियो ।
अधिवेशनको बन्दसत्रमा विधान मस्यौदा समितिका संयोजक बरिष्ठ अधिवक्ता दुर्गा सुब्बाले प्रस्तुत गरेको बुदाँहरू माथि सहभागि भेलाको छलफल पस्चात मस्यौदा समितिका सदस्य बिक्रम नेम्बाङको टिप्पणी पछि तत्काल आवश्यक बुदाँहरूलाई अधिवेशनले पारित गरेको थियो । सोही सत्रमा महासचिव लोक चेम्जोङ र कोषाध्यक्ष बिजेता थेवेले आफ्नो कार्यकालको सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष दिपेश लिम्बुले आफ्नो कार्यकालमा गरेका र चुम्लुङ अमेरिकाको भावी कार्यदिशाका बारेमा चर्चा गरेका थिए ।
युवा तथा महिलाहरूको बाक्लो उपस्थिति रहेको चुम्लुङ अमेरिकाको ७ औं अधिवेशनबाट अध्यक्ष बिरेन्द्र हाङ लाबुङ, बरिष्ठ उपाध्यक्ष बुद्ध चेम्जोङ, उपाध्यक्ष कुबेर वनेम, महासचिव सुमन थाम्सुहाङ लिम्बू, सचिव सुर्य लिङदेन, कोषाध्यक्ष सरोज थाङदेन ,सहकोषाध्यक्षमा ममता सुब्बा र सदस्यमा वाराक हाङ पालुङ्वा, चुडा चेम्जोङ, बिष्णु चोङ्बाङ, सुबास चोङ्बाङ, सोनिया लाबुङ, निरा नेम्बाङ, पुर्ण कुमार थक्लुङ, गजेन चेम्जोङ, भिम मादेम्बा, हरि जबेगु, ललित सम्बाहाम्फे, सन्तोश लाबुङ यात्री, खिल मान लिम्बु गरेर २१ सदस्यीय कार्य समितिको सर्वसम्मतिमा चयन भएका छन् ।
वि.सं.२०७६ वैशाख २२ आइतवार १६:२३ मा प्रकाशित





























