back
CTIZAN AD

कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र गतिमा

वि.सं.२०७६ वैशाख २३ सोमवार

696 

shares

२३ वैशाख, बागलुङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो ।

पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको काम सकिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ ।

“युद्धस्तरमा काम भइरहेको छ” कार्यदलका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले भने, “पाँच किमिमा काम सकियो, बाँकी असारभित्र पूरा हुन्छ ।” सडक चौडासँगै नाली, पर्खाल र ग्राबेलको काम पनि गरिनेछ । उक्त सडकखण्ड स्तरोन्नतिका लागि सरकारले रु दश करोड बजेट छुट्टाएको थियो ।

अघिल्लो वर्ष नै सडक विस्तारको योजना रहेपनि बजेट नहुँदा काम अघि बढेको थिएन । स्थानीयवासीले सडक स्तरोन्नतिको माग गर्दै आएका थिए ।

थप बजेट आए आउँदो वर्ष बाँकी सडकखण्ड चौडा पार्ने काम शुरु हुनेछ । करिडोरको ३८ किमि खण्ड बागलुङमा पर्छ । “थप रु २५ करोड बजेट आवश्यक छ” कार्यदल प्रमुख भट्टराईले भने, “बजेट आएमा आउँदो वर्ष बागलुङको सबै खण्ड सक्छौँ ।”

बलेवा विमानस्थलदेखि गुल्मीको सीमा पालुङखोला जोड्ने २८ किमि सडक दोस्रो चरणमा चौडा पार्ने योजना कार्यदलको छ । थप बजेट ल्याउन पहल भइरहेको बागलुङ क्षेत्र नं १ का सासंद डा सूर्य पाठकले बताए ।

सडक कालोपत्र भएपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल नियमित सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ । करिडोरको ८० किमि बागलुङ–गुल्मी खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई छ । सेनाले करिडोरको यस खण्डमा दुई वर्षअघि मार्ग खोलेको थियो ।

बागलुङसँगै गुल्मी खण्डमा पनि सडक चौडा गर्ने काम भइरहेको छ । गुल्मीका लागि पनि सरकारले चालू आर्थिक वर्षमा रु दश करोड बजेट विनियोजन गरेको थियो । रिडीदेखि रुद्रवेणीसम्मको सात किमिमा काम सकिएको छ ।

रुद्रवेणी–बहरेखाला खण्डमा स्तरोन्नतिको काम चलिरहेको छ । बहरेखोलादेखि बागलुङको सीमा पालुङखोला जोड्ने सडकको लागि थप बजेट चाहिने कार्यदलले जनाएको छ । “थप ५० करोड बजेट भयो भने गुल्मी–बागलुङको सबै काम सकिन्छ” कार्यदल प्रमुख भट्टराईले भने, “समयमा काम शुरु नभए लागत अझ बढ्न सक्छ ।”

विसं २०७६ असारसम्ममा बागलुङ–गुल्मी खण्डको स्तरोन्नति सकेर कालोपत्रका लागि सडक विभागलाई हस्तान्तरण गर्ने कार्यदलको लक्ष्य छ । करिडोरको बागलुङ–गुल्मी खण्डबाहेक अन्य क्षेत्रमा सडक विभागले स्तरोन्नति र कालोपत्रको काम गरिरहेको छ । नेपाललाई चीन र भारतसँग जोड्ने ४३५ किमि दूरी भएको कालीगण्डकी करिडोरलाई सामरिक महत्वको सडक मार्गका रुपमा लिइन्छ ।

पर्यटन, व्यापार, र पारवहन दृष्टिले समेत महत्वपूर्ण यस करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड बन्ने विश्वास गरिएको छ ।

वि.सं.२०७६ वैशाख २३ सोमवार ११:४१ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...