back

बाँदर आतङ्कले गाउँ खाली हुँदै

वि.सं.२०७६ वैशाख २३ सोमवार

33 

shares

२३ वैशाख, वालिङ । बाँदर आतङ्कले यहाँको एक गाउँका बासिन्दा विस्थापित हुँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै यो वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रममा छन् भने त्यहीँ बस्दै आएका स्थानीयवासीले पनि खेतबारी बाँझै राख्न थालेका छन् ।

सरकारले जमीन बाँझो नराख्ने नीति तथा कार्यक्रम अगाडि सारे पनि यहाँका बासिन्दा भने बाँदरको आतङ्कले उर्वर जमीन बाँझै राख्न बाध्य छन् । सिँचाइको राम्रो सुविधा हुनाका साथै यहाँको माटो उर्वर भएर पनि खेतीपाती गर्नसक्ने अवस्था नरहेको १० नं वडाको सिमलसौराका परसुराम खनालले बताए । “हाम्रा खेतबारीमा धान, गहुँ, मकैलगायत सबै बाली उत्पादन गर्न सकिन्छ” उनले भने, “खर्च गरेर उब्जनी भित्र्याउनै नपाइने भएकाले खेती नलगाएका हौं, खेतबारी बाझै राख्नु हाम्रो चाहना होइन बाध्यता हो ।”

घर आसपासका जमीनमा खेतीपाती गरे पनि टाढाका खेतबारीमा बाँदरको रेखदेख गर्न नसकिएकै कारण आफ्नै मात्रै २० रोपनी जग्गा बाँझै राख्नुपर्ने बाध्यता रहेको खनालको भनाइ थियो । वडा नं १०का झण्डै पाँच सय रोपनी जग्गा बाँदरकै कारण बाँझै रहेको स्थानीयबासीले बताए ।बाँदरको आतङ्कले वडावासीलाई खेती गर्न समस्या भएको वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पङ्गेनीले बताए ।“वडाले बाँदर नियन्त्रणका लागि केही विकल्प अगाडि सारे पनि त्यो प्रभावकारी हुनसकेन” वडाध्यक्ष पङ्गेनीले भने,“यो समस्या समाधान वडा र नगरपालिकाले मात्रै गर्न नसक्ने केन्द्रबाट नै विशेष पहल हुनुपर्छ ।”

वडा नं १० खेतीपातीका दृष्टिले जग्गा उपयुक्त भएर पनि जमीन बाँझै राख्नुपर्ने बाध्यता रहेको उनले बताए । “अन्य सम्भावना हुँदाहुँदै पनि बाँदरको समस्याका कारण वडावासी गाउँमा बस्न नसक्ने अवस्था भयोे” वडाध्यक्ष पगेनीले भने, “वडावासी बसाइँसराइको सिफारिस लिन वडामा आउँछन् यो बढ्दो क्रममा छ चाहेर नि रोक्न सकिएको छैन बाध्यताले सिफारिस दिनुपर्ने अवस्था छ ।”
बाँदर एक ठाउँबाट लेखेटेर अर्को ठाउँमा पु¥याउँदा पनि समस्याको दीर्घकालीन समाधान नभएकाले सङ्घ र प्रदेशले नीति बनाएर नियन्त्रण नगर्दासम्म यो समस्या समाधान नहुने धारणा उनको थियो ।

वि.सं.२०७६ वैशाख २३ सोमवार १३:२२ मा प्रकाशित

राप्रपा नेपालको बैठक आज बस्दै

राप्रपा नेपालको बैठक आज बस्दै

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु...

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

ढोरपाटन । बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको...

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

राष्ट्रपति पौडेल भन्छन् – मानवअधिकारको सम्मान भएमात्र संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ

राष्ट्रपति पौडेल भन्छन् – मानवअधिकारको सम्मान भएमात्र संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र...

संकटमा अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

संकटमा अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...