back
CTIZAN AD

अग्नि सापकोटा सोध्छन्–यो देशलाई माया गर्ने कोही छ ?

वि.सं.२०७६ वैशाख २३ सोमवार

678 

shares

२३ बैशाख, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा स्थायी समिति सदस्य अग्नि सापकोटाले देशमा ब्याप्त भएको भ्रष्टाचारको बारेमा बताउँदै प्रश्न गरेका छन् ‘यो देशलाई माया गर्ने कोही छ ?’

आइतबार नीति कार्यक्रमको छलफलका क्रममा संसदलाई सम्बोधन गर्दै नेता खरेलले बालुवाटार, खुलामन्च, पोखरा, जनकपुर लगायतका हजारौं भ्रष्टाचार हुने ठाउँको नाम भनिदिने पनि बताएका छन् ।

‘बालुवाटार, खुलामन्च, पोखरा, जनकपुर लगायतका कति ठाउँको नाम भन्नुस् म हजार ठाउँको नाम भन्छु ।’ सम्बोधनका क्रममा उनले भने ।

उनले अन्तराष्ट्रिय समितिबाट छानविनका लागि आफूले जिम्मा पाएको र सोहि क्रममा अध्ययन गर्दै जाँदा डरलाग्दो भ्रष्टाचारका कुरा त्यहाँ समेटिएको र डरलाग्दो रुपमा चित्रित भएको बताउँदै उनले प्रश्न गरेका छन् ‘वास्तवमा यो देशलाई माया गर्ने कोही छ ?’
उनले अध्ययनका क्रममा कर्पोरेट शैलीमा जग्गाहरु हडपेको, एनसेल लगायतका बुहराष्ट्रिय कम्पनीको कर छलीको कुरा सामान्य आर्थिक कुरासँग मात्र सम्बन्धीत नभएर यहाँको सरकार,प्रशासन र अदालतलाई समेत प्रभावित पारेर नेपालको सार्वभौम सत्तामाथि आक्रमण गर्ने सुनियोजित रणनीति अनुसार यो आएकोले यसलाई हलुका रुपमा नलिन पनि उनले आग्रह गरे ।

‘चार महिनाको अध्ययन र अनुसन्धान गर्दा मलाई गहिरो गरी अनुभुति भएको कुरा के हो भने, सरकार यति कमजोर छ, यति लाचार छ । हामीलाई कुनै विज्ञताको सहयोग भएन । विज्ञताको यति खाचो पर्यो, यति धेरै श्रोत साधनको खाँचो पर्यो । के रहेछ भने,नपालमा मिलाएर जति खाने भएपनि खाउँ भन्ने छ श्रम गर्नेहरुलाई रहेनछ ।’
नेता सापकोटाले १० औं हजार जमिन कब्जा गरिएको मात्र नभएर, राज्य संयन्त्रलाई नै असफल बनाउने सुनियोजित षडयन्त्रमा आधारीत रहेको बताउँदै सरकारी, सार्वजनिक र गुठी जग्गा सम्बन्धी जग्गाको छानविन गर्न सदनको समेत ध्यानाकर्षण गराएका थिए ।

‘एक महिनाभित्र कानुन बनाउन सकिन्छ, कानुन बनाएर सर्वाधिक शक्तिसाली उच्चस्तरीय आयोग गठन गरियोस् र पहिले सबै जग्गाहरु सरकारका नाममा फिर्ता ल्याइयोस् । र सरकारले उचित निर्णय गरोस् । उनले भने, ‘अब पनि विचौलिया र भूमाफियामाथि कठोर नहुने हो भने नियतिले आफ्नो बाटो समाउने छ ।’

वि.सं.२०७६ वैशाख २३ सोमवार १३:१२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...