back
CTIZAN AD

यस्तो जवाफ आयो राष्ट्रियसभाका अध्यक्षको सचिवालयबाट

वि.सं.२०७६ वैशाख २३ सोमवार

906 

shares

२३ बैशाख, काठमाण्डौं । ‘चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझदै राष्ट्रियसभाका अध्यक्ष’ शिर्षकको समाचारले अध्यक्षको गरिमामा आँच पुग्ने गरी प्रचार गरिएको भन्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

सचिवालयद्धारा सोमबार जारी विज्ञप्तिमा सचिवालमा कार्यरत सवारी चालक र कार्यालयका सहयोगीको बैंक खाता उपलब्ध भइनसकेका कारण विगतमा जस्तै उनीहरुको पारिश्रमिक अध्यक्षको खाताबाट भुक्तानी भएको समेत सचिवालयले जनाएको छ ।

‘सवारी चालकको खाता नम्बर हालै प्राप्त भएको छ । पारिवारीक कारणले नागरिकता प्राप्त गर्न कठिनाई भोगिरहेका कार्यालय सहयोगीको हकमा बैंक खाता खोल्न सकिएको छैन । निजको नागरिकता बनाउन यस सचिवालयले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराइसकेको छ । उनीहरुको बैंक खाता प्राप्त हुनासाथ सोझै व्यक्तिको खातामा जाने प्रबन्ध हुनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ
‘चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष’ शिर्षकमा नयाँ पत्रिका दैनिकमा मिति २०७५ वैशाख २२ गते प्रकाशित समचार र सो समचारलाई तोडमोड गरी अन्य अनलाइन तथा सामाजिक सञ्जालमा सम्माननीय अध्यक्षज्यूको गरिमामा आँच पुग्ने गरी गरिएको गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।
संसदमा निर्वाचित भएर आउने पदाधिकारी तथा सदस्यज्यूहरुलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ ले पारिश्रमिक तथा सुविधाको व्यवस्था गरेको छ । उक्त ऐनको दफा ५ ले आफ्नो कार्यकालभरको निमित्त पदाधिकारी र सदस्यले स्वकीय सचिवालयको लागि अनुसूची २ मा उल्लेख भए बमोजिमको कर्मचारी सुविधा पाउनेछ भन्ने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम सम्माननीय अध्यक्षज्यूको स्वकीय सचिवालयमा ८ जना कर्मचारी रहने व्यवस्था छ ।

संसदका पदाधिकारी र सदस्यज्यूहरुको स्वकीय कर्मचारीको पारिश्रमिक विगतका संसद, पुर्नस्थिापित व्यवस्थापिका संसद, पहिलो तथा दोस्रो संविधानसभा, रुपान्तरित व्यवस्थापिका संसद र संघीय संसदको निर्वाचनपछि पनि २०७५ पुष महिनासम्म सम्बन्धित पदाधिकारी र सदस्यहरुको खातामा नै जाने प्रचलन रहेको थियो । यसरी सम्बन्धित पदाधिकारी तथा सदस्यज्यूहरुले समष्टिमा प्राप्त रकमबाट स्वकीय कर्मचारीलाई मासिक रुपमा उपलब्ध गराउँदै आएको यथार्थ सर्बविधितै छ ।

२०७५ पुषपछि संघीय संसद सचिवालयले पदाधिकारी तथा सदस्यज्यूहरुका स्वकीय कर्मचारीको पारिश्रमिक सम्बन्धित कर्मचारीकै बैंक खातामा जाने व्यवस्था मिलाउन सुरु गरेको हो । यसै क्रममा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको सचिवालयमा कार्यरत स्वकीय कर्मचारीको पनि व्यक्तिगत बैंक खाता माग गर्ने र प्राप्त भएकाहरुको हकमा सम्बन्धित कर्मचारीकै खातामा रकम पठाउने व्यवस्था सुरु भइसकेको छ । तर, सचिवालयमा कार्यरत सवारी चालक र कार्यालय सहयोगीको बंैंक खाता उपलब्ध भइनसकेका कारण विगतमा जस्तै उनीहरुको पारिश्रमिक अध्यक्षज्यूको खातामार्फत भुक्तानी भएको हो । सवारी चालकको खाता नम्बर हालै प्राप्त भएको छ । पारिवारिक कारणले नागरिकता प्राप्त गर्न कठिनाई भोगिरहेको कार्यालय सहयोगीको हकमा बैंक खाता खोल्न सकिएको छैन । निजको नागरिकता बनाउन यस सचिवालयले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराइसकेको छ । उनीहरुको बैंक खाता प्राप्त हुनसाथ सोझै व्यक्तिको खातामा जाने प्रबन्ध हुनेछ ।

यो यथार्थलाई तोडमोड गर्दै संघीय संसद सचिवलायको भुक्तानी भरपाईलाई समेत पत्रिकाले आफ्नो अनुकूल परिमार्जन गरी सि नंं. १३ देखि १६ सम्मका दुई हलुका सवारी चालक र कार्यालय सहयोगीको पारिश्रमिक ‘सम्माननीयको खाता’ लेखिएको ठाउँमा श्री गणेशप्रसाद तिमिल्सिना लेखेर त्यही नै आधिकारिक भरपाई जसरी प्रस्तुत गरिएको छ । साथै यथार्थ नबुझि सो तथ्यलाई तोडमोड गरी पत्रिकाको साभार गर्ने नाममा अन्य अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा सो रकम सम्माननीय ज्यूले नै आफ्नो पकेटमा राखेको, चालक र कार्यालय सहयोगीमा आफ्नै नाम राखेर चार जनाको तलब खाएको भनी गरेको कुप्रचार तथा पित पत्रकारिताप्रति खेद प्रकट गर्दछौं । यस्ता भ्रम तथा हल्लाका पछाडि नलाग्न सम्पूर्ण जनता तथा शुभ चिन्तकहरुमा आग्रह गर्दछौं ।’
२३ वैशाख २०७६ ।
अशोक पौडेल

वि.सं.२०७६ वैशाख २३ सोमवार १२:५९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...