back
CTIZAN AD

आज साँझबाट सीमा नाका सञ्चालन हुने

वि.सं.२०७६ वैशाख २३ सोमवार

684 

shares

२३ वैशाख, नेपालगञ्ज । भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ ।

तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल हिँडेर आउन दिइए पनि आज निर्वाचनको दिन पूर्णरुपमा आवागमन ठप्प हुने भारतीय सुरक्षा निकायले जनाएको छ ।

भारतको उत्तर प्रदेशमा वैशाख २३ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको संयुक्त बैठकले शनिबार साँझ ६ बजेदेखि सोमबार २३ गते साँझ ६ बजेसम्म बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका बन्द हुने सहमति गरेको थियो ।

विन्दु कुँवरलाई सहयोग

लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहनुभएका महिला विकास निरीक्षक विन्दु कुँवरलाई उपचार सहयोगार्थ रु पाँच लाख ५४ हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।

विन्दु कुँवर उपचार सहयोगार्थ समितिले सङ्कलन गरेको सो रकमको चेक आज आयोजित कार्यक्रममा कँुवरलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा र समितिका सहसंयोजक नमस्कार शाहले सो सहयोगको रकमको चेक कुँवरलाई प्रदान गरेका थिए ।

सोही अवसरमा उपमहानगरपालिका प्रमुख राणाले आफ्नो एक महीनाको तलबभत्ता बराबरको रु ५० हजारको चेक पनि कुँवरलाई हस्तान्तरण गरेका थिए । कँुवरले उपचार गर्दागर्दै आफ्नो सबै सम्पत्ति सकिएको उल्लेख गर्दै अन्तमा आएर सहयोगका लागि सहयोगार्थ समितिको साथ लिनुपरेको बताइन् ।

बाँकेको महिला तथा बालबालिका कार्यालयमा लामो समय काम गरेकी कँुवर हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा कार्यरत छिन् । कुँवर पाठेघर, बोन क्यान्सरबाट पीडित भई उपचार गराइरहेकि छिन् ।

वि.सं.२०७६ वैशाख २३ सोमवार १२:०६ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...