back
CTIZAN AD

सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा

वि.सं.२०७६ वैशाख २६ बिहीवार

687 

shares
फाइल : फोटो

२६ बैशाख, पोखरा । दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ ।

सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्र्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा पर्यटकीय साझेदारीका विषयमा जोड दिइएको थियो । टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले टेवानले स्थापनाकालदेखि नै पर्यटन प्रवद्र्धनका लागि विविध गतिविधि गर्दै आएको बताइन् ।

उनले पोखरासहित समग्र नेपालको पर्यटकीय साझेदारीलगायतका विषयमा अध्ययन अवलोकन एवं अन्तक्र्रियाका लागि यस क्षेत्रको भ्रमण गरिएको जानकारी दिइन् । पर्यटन क्षेत्रमा महिलाको समान सहभागिता बिना पर्यटन क्षेत्रको विकास सम्भव नभएको बताउँदै उनले यससंस्थाबाट गरिएको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पर्यटकीय साझेदारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

सिक्किम राज्य ग्रामीण विकास संस्थाका सहायक निर्देशक मनोज क्षेत्रीले महिला बिनाको ग्रामीण पर्यटनको कल्पनासमेत गर्न नसकिने बताए । सिक्किमको पर्यटनको अवस्थाबारे जानकारी गराउँदै उनले यस क्षेत्रमा पछिल्लो समय बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढ्दै गएकाले ग्रामीण पर्यटन विकासका लागि राज्य सरकारले नागरिकलाई घरबास नमूनाका दुईकोठे घर, तालीम साथै ‘एक्सपोजर भिजिट’को कार्यक्रम पनि सञ्चालन गर्दै आएको उनले जानकारी दिएकोे बताइएको थियो ।

सिक्किममा होमस्टेको सिकाइ स्याङ्जाको सिरुबारीबाट सिकेको जानकारी दिँदै सहायक निर्देशक क्षेत्रीले सन् २०११ मा मात्र प्रदेश सरकारले १३६ घर बनाएर नागरिकलाई दिएको र स्वदेशमै केही गर्न चाहने परिवार तथा युवालाई रु २० लाखसम्म बिना धितो ऋण उपलब्ध गराउँदै आएको सो अबसरमा बताइयो । सप्ताहाव्यापी भ्रमणका क्रममा सिक्किम दार्जिलिङ क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका साथै सरोकारवालाबीच अन्तक्र्रियाले पोखरासहित नेपालको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको टेवान नेपालका उपाध्यक्ष रेनु थापाले जानकारी दिइन् ।

वि.सं.२०७६ वैशाख २६ बिहीवार १४:२९ मा प्रकाशित

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...