back

सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा

वि.सं.२०७६ वैशाख २६ बिहीवार

30 

shares
फाइल : फोटो

२६ बैशाख, पोखरा । दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ ।

सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्र्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा पर्यटकीय साझेदारीका विषयमा जोड दिइएको थियो । टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले टेवानले स्थापनाकालदेखि नै पर्यटन प्रवद्र्धनका लागि विविध गतिविधि गर्दै आएको बताइन् ।

उनले पोखरासहित समग्र नेपालको पर्यटकीय साझेदारीलगायतका विषयमा अध्ययन अवलोकन एवं अन्तक्र्रियाका लागि यस क्षेत्रको भ्रमण गरिएको जानकारी दिइन् । पर्यटन क्षेत्रमा महिलाको समान सहभागिता बिना पर्यटन क्षेत्रको विकास सम्भव नभएको बताउँदै उनले यससंस्थाबाट गरिएको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पर्यटकीय साझेदारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

सिक्किम राज्य ग्रामीण विकास संस्थाका सहायक निर्देशक मनोज क्षेत्रीले महिला बिनाको ग्रामीण पर्यटनको कल्पनासमेत गर्न नसकिने बताए । सिक्किमको पर्यटनको अवस्थाबारे जानकारी गराउँदै उनले यस क्षेत्रमा पछिल्लो समय बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढ्दै गएकाले ग्रामीण पर्यटन विकासका लागि राज्य सरकारले नागरिकलाई घरबास नमूनाका दुईकोठे घर, तालीम साथै ‘एक्सपोजर भिजिट’को कार्यक्रम पनि सञ्चालन गर्दै आएको उनले जानकारी दिएकोे बताइएको थियो ।

सिक्किममा होमस्टेको सिकाइ स्याङ्जाको सिरुबारीबाट सिकेको जानकारी दिँदै सहायक निर्देशक क्षेत्रीले सन् २०११ मा मात्र प्रदेश सरकारले १३६ घर बनाएर नागरिकलाई दिएको र स्वदेशमै केही गर्न चाहने परिवार तथा युवालाई रु २० लाखसम्म बिना धितो ऋण उपलब्ध गराउँदै आएको सो अबसरमा बताइयो । सप्ताहाव्यापी भ्रमणका क्रममा सिक्किम दार्जिलिङ क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका साथै सरोकारवालाबीच अन्तक्र्रियाले पोखरासहित नेपालको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको टेवान नेपालका उपाध्यक्ष रेनु थापाले जानकारी दिइन् ।

वि.सं.२०७६ वैशाख २६ बिहीवार १४:२९ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...