back
CTIZAN AD

सातसय ५३ मा चारसय ३४ ले मात्र पठाए दरबन्दी विवरण

वि.सं.२०७६ वैशाख २६ बिहीवार

684 

shares

२६ बैशाख, काठमाण्डौं । सबै प्रदेशका चार सय ३४ स्थानीय तहले ११ हजार ३ सय ४६ कर्मचारी पदपूर्तिका लागि विवरण पठाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० गतेसम्म सबै स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउन पत्राचार गरे पनि चार सय ३४ वटा स्थानीय तहले मात्रै विवरण पठाएका छन् ।
प्राप्त विवरण अनुसार सबैभन्दा बढी रिक्त पदको विवरण प्रदेश एकबाट दुई हजार तीन सय ४९ दर बन्दी माग भएको छ । दोस्रो नम्बरमा प्रदेश सातबाट एक हजार तीन सय ८४ को माग रहेको छ ।

त्यसै गरी प्रदेश नम्बर पाँच अन्तर्गतका ७३ वटा स्थानीय तहले एक हजार आठ सय ७२ जना को रीक्त दरवन्दी केन्द्रमा पठाएका छन । प्रदेश नम्बर ६ अन्तर्गतका ३४ स्थानीय तहले आठ सय २८ र प्रदेश नम्बर सात अन्तर्गतका ५६ वटा स्थानीय तहबाट एक हजार तीन सय ८४ जनाको रिक्त दरबन्दी पठाएका छन् ।

स्थानीय तहबाट प्राप्त विवरण मङ्गलवार नै अद्यावधिक भइसकेको भए पनि प्रक्रियागत विषयहरू मिलाउन लोक सेवा आयोगसहित मन्त्रालयका पदाधिकारीहरू बिच बिहिबार मन्त्रालयमा छलफल भएको छ । सुक्रबार थप छलफल पछि अन्तिम टुङ्गोमा पु¥याउने उच्च स्रोतले बताएको छ ।

मन्त्रालयले गत चैत्र १४ गते सङ्घ, प्रदेश र स्थानीय तहमा गरी एक लाख ३१ कर्मचारीको समायोजन गरिएको जानकारी दिएको थियो । जसअनुसार स्थानीय तहमा कायम गरिएको ६६ हजार ९ सय ८ दरबन्दी मध्ये ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरेको थियो । सोअनुसार अझै १६ हजार एक सय १८ कर्मचारी अपुग देखिन्छ ।

सङ्घमा कायम गरिएको ४८ हजार ४ सय ९ कर्मचारीको दरबन्दीमध्ये ४० हजार ७ सय ६९ र प्रदेशमा कायम २२ हजार दुई सय ९७ मध्ये १४ हजार छ सय ५९ कर्मचारीको समायोजन भएको छ । सङ्घमा सात हजार छ सय ४० र प्रदेशमा सात हजार ६ सय ३८ कर्मचारीको पद रिक्त रहेको छ ।

वि.सं.२०७६ वैशाख २६ बिहीवार १४:५५ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...