back
CTIZAN AD

क्रियाशील मगर उत्थान समूहद्धारा मगर समूहको भवन निर्माण

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

909 

shares

२७ बैशाख, बेझाड । मगर पहिचान झल्किने खालका वस्तुलाई संरक्षण गरेर राख्ने उद्देश्यले पाल्पाको रामपुरमा क्रियाशील मगर उत्थान समूहद्वारा भवन निर्माण गरिएको छ ।

नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य वीरबहादुर रानाले मगर समुदायको भाषा संस्कृति संरक्षणसँगै समग्र समुदायको उत्थान र विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताए । उनले मगर समुदायले राम्रो संस्कार र संस्कृतिलाई अँगाल्दै राज्यका हरेक तहमा सहभागिता जनाई मूलधारमा आउनुपर्ने बताए ।

रु २१ लख ५८ हजार ३१८ बराबरको लागतमा भवन निर्माणकार्य सम्पन्न भएको समूहका अध्यक्ष रामबहादुर हिस्की थापाले बताए । कार्यालय सञ्चालन, बैठक, भेला बस्न, विभिन्न कार्यक्रम गर्न भवन निर्माण भएपछि सहज हुने उनले बताए ।

समूहका सदस्य, विभिन्न व्यक्तिबाट रकम उठाएर भवन निर्माण गरिएको कोषाध्यक्ष हुममाया रानाले जानकारी दिइन् ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार ०९:४७ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...