back
CTIZAN AD

विद्यालयका लागि रु ८२ लाख बराबरको दान संकलन

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

675 

shares

जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवामा सञ्चालन भएको श्रीमद्भागवत धान्याचल महायज्ञमा रु ८२ लाख बराबरको दान सङ्कलन भएको छ ।

प्राविधिक शिक्षा तथा विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञमा दाताले उक्त रकम बराबरको नगद तथा जिन्सी दिएका हुन् । प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले महायज्ञमा भवन निर्माणका लागि केन्द्र सरकार, प्रदेश सरकार र व्यक्तिगत तवरबाट रु ७० लाख उपलब्ध गराउने घोषणा गरे।
महायज्ञ अवधिभर रु दुई करोडसम्म सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक गिरमान आलेले बताए । “वडाभित्रमा सञ्चालित एक मात्र मावि तहको यस विद्यालयमा सङ्कलित रकम प्राविधिक शिक्षामा लगानी गरी गाउँमै बसेर प्राविधिक शिक्षा पढ्ने वातावरण तयार पार्न महायज्ञ सञ्चालन गरिएको हो”, उनले बताए ।
प्राविधिक शिक्षासँगै महायज्ञबाट सङ्कलित रकम भौतिक पूर्वाधारमा खर्च गरिने बताइएको छ । भौतिक पूर्वाधार अभावका कारण झट्टै प्राविधिक शिक्षा सञ्चालन गर्न नसकिएको विद्यालयले जनाएको छ ।

दुर्गम क्षेत्रमा अवस्थित यस क्षेत्रका विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्न अन्यत्र जानुपर्ने बाध्यता छ । कक्षाकोठाको अभावमा हाल बाल विकासदेखि १, २ र ३ का विद्यार्थी, विज्ञान प्रयोगशाला, पुस्तकालय, खुल्लाचौरलगायत स्थानमा सञ्चालन गर्न बाध्य भएको प्रधानाध्यापक श्यामबहादुर दिशाले बताए ।

महायज्ञमा पण्डित नारायण न्यौपानेबाट सङ्गीतमय कथावाचन भइरहेको छ । यही वैशाख २३ गतेदेखि शुरु भएको महायज्ञ ३१ गतेसम्म सञ्चालन हुनेछ । कक्षा १२ सम्म अध्यापन हुँदै आएको यस विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा पठनपाठनमा असर पर्दै आएको थियो ।

उक्त विद्यालयमा १९ वटा कोठामध्ये हाल चार कोठे भवन निर्माणका क्रममा रहेको छ भने थप १० वटा कोठा आवश्यक रहेको विद्यालयले जनाएको छ । गत शैक्षिक सत्रमा उक्त विद्यालयमा ५१० विद्यार्थी रहेका हाल ५५० विद्यार्थी भर्ना भएका छन् ।
किसानलाई मौरीघार वितरण

पूर्वखोला गाउँपालिका पाल्पाले किसानलाई मौरीघार वितरण गरेको छ । गाउँपालिकाका किसानलाई मौरीमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदानमा मौरीघार वितरण गरिएको हो । गाउँपालिकाले ४० घार मौरीगोलासहित र ६० घार मात्र ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको कृषि शाखा प्राविधिक सन्तोष कँडेलले बताए ।

उनका अनुसार किसानलाई १० ड्रिल मेसिनसमेत वितरण गरिएको छ । अनुदानमा मौरीघार र ड्रिल मेसिन पाएपछि यहाँका किसान खुशी भएका छन् । जिल्लाका अन्य स्थानीय तहले पनि कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कृषिजन्य सामग्री अनुदानमा वितरण गरिरहेका छन् । स्थानीय तह कायम भएपछि किसानलाई पनि आफूलाई चाहिने कृषिजन्य सामग्री माग गर्न सहज भएको किसान बताउँछन् ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार १८:०८ मा प्रकाशित

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...