back
CTIZAN AD

नाइजेरियामा खुला दिसामुक्त अभियान

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

825 

shares
Nigeria flag

२७ बैशाख, अबुजा । नाइजेरिया सरकारले सन् २०२५ सम्ममा सरसफाईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले खुला दिसामुक्त अभियान सञ्चालन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ ।

जलस्रोत मन्त्री सुलेमान अदामुले उक्त अभियान सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी दिए । उनले राष्ट्रिय अभियान सफल बनाउन अन्तर्रा्ष्ट्रिय दाताबाट पनि सहयोगका लागि आग्रह गरिएको बताएका छन् ।
“स्वच्छ नाइजेरिया, शौचालयको प्रयोग बढाऔं” नारा दिइएको यस कार्यक्रममा आमजनतालाई सक्रिय सहभागी गराइने पनि मन्त्री सुलेमानले बताए ।

नाइजेरियाका ७७४ वटा स्थानीय निकायमध्ये १० वटामा मात्र खुला ठाउँमा दिसा गर्न प्रतिबन्ध लगाइएको छ । पश्चिम अफ्रिकी मुलुक नाइजेरियाका करिब २१ हजार समुदाय मात्र खुला दिसाबाट मुक्त रहेको पनि मन्त्री अदामुले जानकारी दिएका छन् ।

नाइजेरियाली सरसफाईको अवस्था अत्यन्त नाजूक रहेकाले खुला दिसामुक्त राष्ट्रिय अभियानले आवश्यक रहेको बताइएको छ । मन्त्री अदामुले नाइजेरियाका झण्डै चार करोड ७० लाख मानिसले अझै पनि खुला ठाउँमा दिसा गर्ने गरेको बताए ।

खुला ठाउँमा दिसा गर्ने मुलुकहरुको विश्वश्रेणीमा भारत पहिलो र नाइजेरिया दोस्रो स्थानमा रहेका छन् । भारतले पछिल्ला चार वर्षमा व्यापक सरसफाई अभियान सञ्चालन गरी स्वच्छता बढाएको छ । भारतले सरसफाईका क्षेत्रमा गरेको सुधारका कारण अब नाइजेरिया पहिलो स्थानमा आउने सम्भावना बढेको पनि मन्त्री अदामुले जानकारी दिएका छन् ।

नाइजेरियामा खानेपानीको सुविधा पनि निकै लाजलाग्दो अवस्थामा छ । पाइपबाट खानेपानीको सुविधा प्राप्त गर्नेहरुको संख्या सन् १९९० मा ३२ प्रतिशत रहेकामा त्यो घटेर सन् २०१५ मा त्यो ७ प्रतिशत पुगेको छ । उन्नत सरसफाईमा पनि सन् १९९० मा ३८ प्रतिशत रहेकामा सन् २०१५ मा २९ प्रतिशत भएको छ ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार १७:२४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...