back
CTIZAN AD

श्रीमती अस्पताल आउँदा श्रीमतीसँग पनि छलफल

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

714 

shares

२७ वैशाख । टीकापुर नगरपालिकाले कुपोषणको जोखिम कम गर्न गर्भवती महिलाका दम्पत्तीसँग छलफल शुरु गरेको छ । नगरपालिकाले गर्भजाँच गर्न आउने महिलाका श्रीमान्सँग अनिवार्य छलफल थालेको हो ।

एक हजार दिनका आमाको स्वास्थ्यमा ध्यान दिएमा बच्चा पनि कुपोषित हुनबाट बचाउन सकिने भएकाले गर्भवती महिलाका दम्पत्तीसँग छलफल थालेको नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक सुरक्षा उपशाखाका निरीक्षक सङ्गिता शाहले बताइन् ।

“गर्भमा बच्चा रहेदेखि नै खानपान र रहनसहनमा ध्यान दिनुपर्छ, बच्चा र आमाको स्वास्थ्य स्याहारका लागि श्रीमान्लाई जिम्मेवार बनाउन यस्तो कार्यक्रम ल्याएका हौं” उनले भनिन्, ‘‘समुदायमा गएर २०÷२० जोडी दम्पत्तीसँग गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, खानपान, परिवारको सहयोग, गर्भवतीका लागि आवश्यक वातावरणका बारेमा छलफल गर्छौ, कार्यक्रम निकै प्रभावकारी भएको छ ।” उक्त कार्यक्रमपछि धेरै पुरुष सचेत हुन थालेका छन् । टीकापुर–६ बेलुका श्याम नारायण चौधरीले आमा र बच्चाको स्याहारबारे धेरै ज्ञान मिलेको बताए ।

दम्पत्तीसँगको छलफलमा सहभागी टीकापुर–१ का उज्ज्वल सुनारले आमा र बच्चालाई शीघ्र कुपोषणबाट बचाउन परिवारको ठूलो भूमिका हुने बताए । यो क्षेत्रका धेरै पुरुष कामको सिलसिलामा भारतमा बस्छन् । श्रीमान् नभएका महिलाका सासू र ससुरासँग पनि छलफल गर्ने योजना नगरपालिकाले बनाएको निरीक्षक शाहले बताइन् ।

नगरपालिकाका अधिकांश वडाले शीघ्र कुपोषण व्यवस्थापनका लागि सुनौला हजार दिन कार्यक्रम समेत लागू गरेका छन् । कुपोषणको जोखिममा रहेका बालबालिकालाई तयारी खाना समेत खुवाइन्छ । नारायणपुर स्वास्थ्यचौकीका इञ्चार्ज हिमाल सारु मगरले अहिले १८ बालबालिकालाई शीघ्र कुपोषणको जोखिम देखिएकोले तयारी खाना दिइरहेको बताए ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार १८:१४ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...