
२८ वैशाख । बलराम उपाध्याय स्मृति फाउण्डेसनको प्रथम बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ । वरिष्ठ बामपन्थि व्यत्तित्व बलराम उपाध्यायको जन्मस्थल पोखरा १६ बाटुले चौरमा अध्यक्ष सोमनाथ प्यासीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । सो बैठकले बलराम उपाध्यायको अर्धकदको शालिक पुष्पलाल स्मृति भवन पोखरा २१ फेदीपाटनमा राख्ने निर्णय गरेको छ ।
सो वैठकले बलराम उपाध्यक्ष स्मृती पार्क र पूर्ण कदको शालिक राख्न उपयुक्र्त स्थानको खोजि गर्न उदय बस्नेत, शोभामोहन पौडेल, दानबहादुर बानिया, जीवन आचार्य र जगन्नाथ तिमिल्सिना रहेको कार्यदल बनाएको छ ।
त्यसैगरी बलराम उपाध्यायको १५ औँ स्मृति दिवसका अवसरमा बलराम उपाध्याय स्मृति ग्रन्थ(पुस्तक) प्रकाशित गरी बिमोचन गर्ने निर्णय पनि गरिएको छ ।
त्यस्तै पोखराको बाटुलेचौरमा स्थानीय पार्टी कमिटीको आयोजनामा बलराम उपाध्याय स्मृति दिवस मनाउने, फाउण्डेसनको केन्द्रीय कार्यालय काठमाडौँमा र शाखा कार्यालय पोखराको बाटुलेचौरमा राख्ने लगायतको निर्णय पनि बैठकले गरेको छ ।
बैठकले नियमित कार्य सम्पादनका लागि फाउण्डेसनको पदाधिकारी र विश्वप्रकाश लामिछाने, झलकपाणी तिवारी, रामराज रेग्मी, दानबहादुर बानिया रहेको कार्यसम्पादन समिति पनि बनाएको छ ।
वि.सं.२०७६ वैशाख २८ शनिवार ११:३० मा प्रकाशित