back
CTIZAN AD

अब सार्वजनिक बसमा पनि ‘फस्ट एड बक्स’ राखिने

वि.सं.२०७६ वैशाख २८ शनिवार

693 

shares

२८ बैशाख, गलकोट । वेलनेश टिम काठमाडौँको सहयोगमा धवलागिरी अञ्चल यातायात बस व्यवसायी समितिद्वारा चल्ने बसमा औषधि सेवा उपलब्ध गराउन शुरु गरिएको छ ।

समिति मातहतमा रहेका २०० बसमा यात्रुलाई सेवा प्रदान गर्नका लागि औषधिको फस्ट एड बक्स (पहिलो सहायता बक्स) राख्न शुरु गरिएको धवलागिरि अञ्चल यातयात बस व्यवसायीले जनाएको छ । नेपालमै पहिलोपटक बागलुङदेखि सञ्चालन हुने बसमा औषधिको बक्स राख्न शुरु गरिएको बेलनेश टिमका अध्यक्ष नितु खड्काले बताए । बसमा यात्रा गर्दा बीच बाटोमा यात्रु बिरामी हुँदा प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले औषधिको बक्स वितरण गरिएको अध्यक्ष खड्काले बताए । ।

स्वास्थ्यको बारेमा जनचेतना जगाउन र आफूलाई के रोग लागेको छ र कुन विशेषज्ञलाई जचाउनुपर्दछ भन्ने जानकारी कार्यक्रमले प्रदान गर्नेछ । बसलाई बक्स वितरणसँगै औषधिको प्रयोगका बारेमा पर्चासहित तालीम दिइने अध्यक्ष खड्काले जानकारी दिए ।

औषधि बक्स सर्वसाधारणलाई समेत वितरण गर्ने वेलनेशले जनाएको छ । रु एक हजारमा वितरण गर्ने जनाएको वेलनेशले आर्थिक अवस्था कमजोर भएको परिवारलाई न्यूनतम रु ५० सम्ममा वितरण गर्ने जनाएको छ । बक्समा सामान्य चोटपटक लाग्दा घाउँमा लगाउने औषधि, टाउको दुखेको, पेट दुखेको, बमिट नआउने, जीवनजल, उच्च रक्तचापलगायत १६ प्रकारका औषधि र औजार रहेको वेलनेश टिमका सचिव ओमविक्रम खड्काले जानकारी दिए ।

बसमा यात्रा गर्दा बिरामी भएर यात्रुलाई असहज हुने गरेकाले त्यसको अन्त्यका लागि बसमा प्राथमिक उपचारका औषधि राखिएको धवलागिरी अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताए । बसमा राखिएका औषधि यात्रुलाई निःशुल्क वितरण गरिने जानकारी दिए ।

बागलुङदेखि काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्ज, नारायणगढ, वीरगञ्जलगायतका ठाउँमा चल्ने समितिका यातायातमा सो औषधि बक्स राख्ने धवलागिरी बस व्यवसायी समितिले जनाएको छ । औषधि बक्स समितिका अध्यक्ष उमेश केसीलाई हस्तान्तरण गरिएको छ ।

पञ्चकोटमा केबलकार बन्ने

बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रूपमा विकास भइसकेको सर्वसिद्धिधाम पञ्चकोटसम्म जाने केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु गरिएको छ । बागलुङ नगरपालिका–४ को ओडारचौरदेखि नगरपालिकाको वडा नं ६ स्थित पञ्चकोटसम्म केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरु गरिएको हो ।

चीनको एक केवलकार कम्पनीका प्राविधिकले बागलुङ नगरपालिकाका पदाधिकारीसँग छलफल गरेर काम थालनी गर्न प्रस्ताव गरेका छन् । नेपाल सरकारले पञ्चकोटलाई १०० पर्यटकीयस्थलको सूचीमा राखेपछि दैनिक पञ्चकोटमा सयौँ धार्मिक पर्यटक आउने गरेका छन् । पञ्चकोटको प्रचारप्रसारका कारण मुक्तिनाथ जाने तीर्थालुसमेत बागलुङको पञ्चकोट आउन थालेका हुन् । केबलकार निर्माण भएपछि बागलुङमा पर्यटकको सङ्ख्यामा तेब्बरले वृद्धि हुने अपेक्ष गरिएको छ ।

पञ्चकोटमा हाल निर्माण भइसकेका कलाकौशलले भरिपूर्ण, गरुड शिला, सिसमहललगायतका संरचनाले पर्यटकलाई आकर्षित गरेको पाएपछि बागलुङ नगरपालिकाले केबलकारको प्रस्ताव गरेको हो । वार्षिक एकलाख पर्यटक भित्राउने लक्ष्यका साथ पञ्चकोटमा बनाइने भनिएको संसारकै अग्लो विश्व शान्ति कलश र अन्य संरचना निर्माणपछि पर्यटकलाई आकर्षित गर्न केबलकारको प्रस्ताव ल्याइएको हो । पञ्चकोटमा हाल भारतीय पर्यटकको आर्कषण छ । केबलकार निर्माण गर्दा बागलुङको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने देखेर प्रस्ताव गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

“जनप्रतिनिधि भएपछि जनताको हित र विकासका लागि सम्भावना खोजी गर्ने क्रममा केवलकारकोे सम्भावना देखियो”, पौडेलले भने, “आम नगरवासीको लगानीमा केवलकार निर्माण गर्न सकियो भने सोचेभन्दा बढी फाइदा पुग्ने छ ।” सबैसँग खुला छलफलबाट केवुलकार निर्माण गरिनुपर्ने धारणा आइसकेको र अझै पनि स्थानीयसँग बसेर निष्कर्षमा पुगिने नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक तथा ४ नं का वडाध्यक्ष धु्रवबहादुर केसीले बताए । केबलकार निर्माणका लागि चीनको बेइजिङस्थित गुडयु रोपे इञ्जिनीयरिङ कम्पनीका सिइओ रुआन बिआओले प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । केबलकार साढे दुई किलोमिटर लामो हुनेछ ।

प्रारम्भिक अध्ययनपछि केबलकारको लागत निस्कने प्राविधिकले बताएका छन् । नगरप्रमुख चीन भ्रमणमा गएको बेला केबलकार निर्माणमा चासो राखेपछि चिनियाँ कम्पनी र नेपाली केही इञ्जिनीयरको पहलमा प्रारम्भिक अध्ययनको काम थालिएको हो ।

वि.सं.२०७६ वैशाख २८ शनिवार ११:५६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...