back

हिड्दा हिड्दै

वि.सं.२०७६ वैशाख २८ शनिवार

51 

shares


पुसको न्यानो घाम, पहेलपुर
आगनमा गुन्द्री
सिरानीमा टाउको राखेर
लमतन्न तन्किएर
म सेकाउन चाहन्छु दुखेको मेरो ढाड ।
फगत सपना भो
न पुस छ
न उ घाम छ
न गुन्द्री छ
मेरो ढाड दुखेको छ ।

म भेट्न जान्छु फुमालाई
मेरी दिदी
उहीं बरको फेदमा
उहीं चौतारोमा
डंग्रंग सुति दिन्छु काखमा ।
उनका कोमल औंलाहरू
सुमसुम्यादिउन मेरो दुखेको टाउको
गुनगुनाई दिउन उनि पालम
ईतिहास, जीवन र प्रणयको राग अलापेर
नेपथ्यमा तमोरको संगीतमा सुर मिलाएर ।
फगत सपना भो
फुमा उभौली लागिन् कि उधौली
कुनै अत्तोपत्तो भएन
के बेर जंगलमा भालुले खायो कि ?!
या कतै मरुभूमिमा
कुनै महासेठको तन्ना कस्दै छिन कि ?!
चौतारो भत्की सकेछ
बर बर नै कहाँ रह्यो
सप्पै हाँगा छिमोली सके छन्
पालम ?!
विक्षिप्त भो मेरो मन !


मलाई गोगुनको रुखमा चढेर
कन्चनजग्घालाई ईख्याउदै
टप टप टिपेर खान मन छ
पाकेको गोगुन
कुखुराले दाना टिपे झैँ ।
धर्ति र आकास बीच झुण्डिएको नीरवता
न कुनै होहल्ला
न कुनै हारालुछ
चुलबुले, स्वच्छन्द चरी म
डाली डाली नाचेर हिड्ने म ।
फगत सपना भो
उ कहाँ त्यहाँ छ र ?!
फगत चिनो छ मक्की सकेको ठुटो
अचानोमा छिनालेर बाँकी रहेको धड जस्तो
अझ ?!!
जहाँ गोगुन ’थ्यो
त्यहाँ कुकुरहरु झगडा गर्दैछन्
सुकेको हड्डीमा ।
ङ्यार ङ्यार ङ्गुर ङ्गुर ।


भौतारिएको म
पाखा पखेरु टेकिसक्नु छैन
रुन्छन न्याउलीहरु
विरहको लेघ्रो तानेर
मेरो घाउमा नुन चुक छर्केर ।
त्यसमा
दिनदहाडै स्यालहरुको हुइयाँ सुरु भ’को छ,-
’सन्तहरु ! बस्ति छोड !
नानीहरु ! हास्न छोड’ !
युवा युवति हो ! प्रणयमा नाच्न छोड !
किनकि महाराज खोपीमा सुकला होइसिञ्छ ।’
यो पनि फगत सपना हो
भयानक दुस्सपना !
न पत्याए सोधे हुन्छ
गएर जागेको बस्तीमा
जहाँ इतिहास लेखिन्छ
गिलोटिनमा तिनकै गर्धन छिनालेर ।

आशामा बाँचेको मेरो मन
निर्भय, अविश्राम मेरो तन ।

कार्की, पूर्वराजदूत हुन् ।

वि.सं.२०७६ वैशाख २८ शनिवार १०:११ मा प्रकाशित

कविता : त्यत्तिकै-त्यत्तिकै

कविता : त्यत्तिकै-त्यत्तिकै

ओम आचार्य, अर्घाखाँची सुन्दा, प्यारो लाग्छ नाम राम जत्तिकै ।...

कविता : भेँडाको वस्ती !

कविता : भेँडाको वस्ती !

टिएन भट्ट विश्वामित्र, भक्तपुर साला ! ऊ पनि देश बनाउने...

कविता : अन्तर बोध

कविता : अन्तर बोध

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा फूल हो जीवन सुवास छर्नुपर्छ...

कविता : आमा

कविता : आमा

अलख निरन्जन लोहार,टीकापुर, कैलाली राख्यौ साहस साथमा उदरमा, पीडा सहेरै...

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कलानिधि दाहााल,काठमाडौं आँधी उठाएर अलिकति तूफान पोको पारेर निकै नै...

कविता : सामवेदको स्वर

कविता : सामवेदको स्वर

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर, काठमाण्डौ सात थरी रहे कस्ता, छन् सामवेदको...