back
CTIZAN AD

हाइड्रोपावरमा कार्यरत चिनियाँ नागरिकको मृत्यु

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

705 

shares

३१ बैशाख, विदुर । नुवाकोटको लिखु गाउँपालिका–३ स्थित चौघडामा आज बिहान थ्रि ए हाइड्रोपावरको टावर बनाउने क्रममा टावरको माथिल्लो भागबाट झरेको सामानले लाग्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

बिहान १० बजेको समयमा हाइड्रोपावरको मर्मतलगायतको काम भइरहेको थियो । त्यसै क्रममा थ्रि ए लाइनको टावरमा तार टाङ्ने काम गरिरहेका चिनियाँ नागरिक ४७ वर्षका हियो झ्याङलाई एक्कासी माथिबाट झरेको सामानले लाग्दा टाउकोमा चोट लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

उनका अनुसार घाइते हियो झ्याङलाई उपचारका लागि जिल्ला अस्पताल त्रीशुली ल्याउने क्रममा बाटामा नै मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ वैशाख ३१ मंगलवार १८:४७ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...