
१ जेठ, काठमाण्डौं । तत्कालिन नेकपा एमाले र माओबादि केन्द्रबीच पार्टी एकता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालिन माओवादी नेता नारायण शर्मा पार्टी नेतृत्वले टुङ्गयाएको पोलिटव्युरोको सूचिबाट बाहिरीएका छन् ।
पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको पूर्व माओवादीबाट छानिने सदस्यहरुको लिस्टमा शिर्ष स्थानमा रहेका शर्माको नाम अन्तिम लिष्टबाट रहस्यमय तकिाले हटाइएको छ ।
युद्धकालमा माओवादी मुखपत्र जनादेशका सम्पादक रहेका शर्मा पार्टिभित्र स्वाभिमानी नेता मानिन्छन् । सन्सारन्युजसँग सम्र्पकमा आएका शर्माले पार्टिभित्र गणेश प्रवृति मौलाएका बेलामा एउटा स्वाभिमानी कार्यकर्ता नेताले बनाएको लिष्टमा नपर्नु अनौठो नभएको प्रतिक्रिया दिएका छन ।
शर्माले आफूले मलाइ बनाउ भन्दै नेताको दैलो नचाहारेका कारण लिष्टमा नपरेको बताए ।
वि.सं.२०७६ जेठ १ बुधवार १६:११ मा प्रकाशित