back

सुडानमा सेना र विपक्षीबीच सहमति

वि.सं.२०७६ जेठ १ बुधवार

27 

shares
Sudan Flag

१ जेठ, खार्तुम । सुडानको सैनिक सत्ता र विपक्षीहरुबीच तीन वर्ष्भित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्नेगरी सहमति भएको छ । विपक्षीहरुले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्र सहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका छन् ।

सुडानमा विगत २० वर्षदेखि जनरल ओमार अल–बासिरको नेतृत्वमा सैनिक शासन कायम थियो । तर सेनाले बसिरलाई पदच्यूत गरी आफैंले राष्ट्रिय सैनिक परिषद गठन गरी सरकार सञ्चालन गरिरहेका छन् ।

दुबै पक्षबीच अघिल्लो साता सुडानको भावी शासन प्रणालीका बारेमा छलफल भएको थियो तर एक जना सैनिकको हत्या भएपछि भडकिएको हिंसाका कारण अरु पाँच जना प्रदर्शनकारीको पनि मृत्यु भएको छ । साथै वार्तामा पनि गतिरोध आएको थियो ।

करिब १२ घण्टाको वार्तापछि दुबै पक्षले सङ्क्रमणकालीन तीन वर्षे अवधिभित्रै सेनाले नागरिकलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको घोषणा गरेका छन् ।

सैनिक परिषदका एक सदस्य जनरल यासेर अल–आताले तीन वर्षको सङ्क्रमणकालीन अवधि रहने गरी दुबै पक्षबीच सहमति भएको जानकारी दिएका छन् । जनरल आताले शक्ति बाँडफाँडको विषय सहित आगामी सरकार गठन गर्ने बारे एक दुईदिनभित्रै विपक्षी गठबन्धन एलायन्स फर फ्रिडम एन्ड चेन्जसँग सम्झौता हुने बताए ।

प्रदर्शनमा सहभागी मोहमद अब्दुल्लाहले दुबै पक्षबीच मध्यस्थता भएकामा खुशी व्यक्त गरे । तर उनले सैनिक परिषदसँगको सम्झौतालाई कसरी विश्वास गर्ने भन्दै अझै पनि नागरिक तहबाट खबरदारीको आवश्यकता रहेकामा जोड दिएका छन् ।

सैनिक परिषदले आगामी छ महिनाभित्र सुडानका युद्धग्रस्त क्षेत्रहरु जस्तै डार्फर, ब्लु नाइल र साउथ कर्डोफानमा सक्रिय विद्रोहीसँग शान्ति सम्झौता गर्ने तयारी पनि गरेको छ ।

वि.सं.२०७६ जेठ १ बुधवार १६:१० मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...