back
CTIZAN AD

अफगान कारागारमा तनाब, चार जनाको मृत्यु

वि.सं.२०७६ जेठ १ बुधवार

660 

shares

१ जेठ, काबुल । अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार जना कैदीको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार कारागारभित्र प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको थियो । महान्यायाधीवक्ता कार्यालय र गृह मन्त्रालयको आदेशमा कारागारभित्र लागूऔषधको कारोबारका विषयमा खानतलासी गरिएको थियो ।

प्रहरीका अनुसार चार वटा कारागार भवनभित्र खानतलासी गरिएको थियो । तर प्रहरीमाथि केही कैदीले आक्रमण गरेका थिए ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउन हवाई फायर गरेको थियो । कैदीहरुले प्रहरीका हतियार पनि खोस्ने प्रयास गरेको गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताए । उक्त घटनाका बारेमा छानबिन शुरु भएको छ ।

वि.सं.२०७६ जेठ १ बुधवार १६:१८ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...