back
CTIZAN AD

बन्दका कारण राजधानीको जनजीवन प्रभावित,७६ बन्दकर्ता पक्राउ

वि.सं.२०७३ कात्तिक २८ आइतवार

990 

shares

banda_

२८ कात्तिक, काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा ९माओवादी०ले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ ।

खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण काठमाडौँमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । निजी नम्बर प्लेटका सवारी साधन भने केही बढी चलेका छन् ।

बन्दका कारण राजधानीका विद्यालय, क्याम्पस, पसललगायत बन्द भएका छन् ।

सडकमा बन्दकर्ताका खासै सहभागिता नभए पनि बन्दको प्रभाव परेको छ ।

७६ बन्दकर्ता पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले काठमाडौँका विभिन्न स्थानबाट ७६ जना बन्दकर्ता पक्राउ परेको जानकारी दिनुभयो ।

कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट बन्दकर्ता पक्राउ परेको उहाँले बताउनु भयो ।
सडकमा बन्दकर्ता देखिए प्रहरीले तत्काल पक्राउ गरिरहेको छ ।

वि.सं.२०७३ कात्तिक २८ आइतवार ०२:५७ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...